काठमाडौं–यूरोपको ग्रीकमा राम्रो कमाई हुने प्रलोभन देखाई ठग्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङ ढोरपाटन स्थायी घर भई हाल काठमाडौं टोखा बस्ने ३७ वर्षका वीरबहादुर अदै रहेको प्रहरीले जनाएको छ ।
अदैले ग्रीसमा काम गर्नका लागि १२ लाख रुपैयाँ लिएर ग्रीस पठाएपनि टर्कीमा पुर्याएर शारिरीक र मानसिक तनाव दिएपछि पीडितले नेपाल आएर प्रहरीलाई उजुरी दिएका थिए । उनीहरुलाई टर्की सम्म पुर्याई ४५ दिनसम्म बिना तलब शारिरिक र मानसिक दुःख दिएको उजुरीमा उल्लेख गरिएको छ ।
पक्राउ परेका अदैलाई जिल्ला अदालत काठमाडौंको अनुमति लिई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४