शनिबार, जेठ २५, २०८२

युभेन्ट्स दोस्रो स्थानमा उक्लियो

युभेन्टसले आफ्नो उत्कृष्ट लय कायम राख्दा इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति युडिनेसलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- युभेन्टसले आफ्नो उत्कृष्ट लय कायम राख्दा इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति युडिनेसलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो। 

खेलको ८६औं मिनेटमा डानिलोले विजयीगोल गरेका थिए। जितसँगै  युभेन्ट्स १७ खेलबाट ३७ अंक सहित दोस्रो स्थानमा उक्लिएको हो। 

यसैगरी इन्टर मिलान लगातार चौथो जित निकाल्न असफल भएको छ। पछिल्लो खेलमा शीर्ष स्थानको नेपोलीलाई १–० ले निराश पारेको इन्टर शनिबार भने मोन्जासँग २–२ को बराबरीमा रोकियो।

इन्टर १७ खेलमा ३४ अंकसहित चौथो स्थानमा छ। शीर्ष स्थानको नेपोलीको १६ खेलमा ४१ अंक छ। तेस्रो स्थानको एसी मिलानको १६ खेलमा ३६ अंक छ।

प्रकाशित: Jan 08, 2023| 09:47 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।