आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अनुप स्मृति गोल्डकपः नेर्पा स्पोर्टस र आयोजक डिएफसी उपाधिको दावेदार

अनुप स्मृति गोल्डकपः नेर्पा स्पोर्टस र आयोजक डिएफसी उपाधिको दावेदार

खोटाङको दिक्तेलमा जारी अनुप स्मृति गोल्डकपको उपाधिका लागि नेर्पा स्पोर्टस क्लब नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) बीच प्रतिष्पर्धा हुने भएको छ।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

खोटाङ- खोटाङको दिक्तेलमा जारी अनुप स्मृति गोल्डकपको उपाधिका लागि नेर्पा स्पोर्टस क्लब नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) बीच प्रतिष्पर्धा हुने भएको छ। 

फाइनल खेल शनिबार बिहान ११ बजेपछि हुने खेल संयोजक युधिर शाक्यले बताए। 

बिहीबार दिक्तेलको माटिकोरे खेलमैदानमा भएको सेमीफाइनल खेलमा चियाबारी फुटबल क्लब ईलामलाई ६–२ गोल अन्तरले हराउँदै नेर्पा स्पोर्टस क्लब र मानेभन्ज्याङ स्पोर्टस क्लब ओखलढुंगालाई ६–५ गोल अन्तरले हराउँदै आयोजक डिएफसी फाइनलमा पुगेको हो। पेनाल्टी सुटआउटमा डिएफसीले मानेभन्ज्याङ स्पोर्टस क्लबलाई हराएको हो। 

निर्धारित समयमा एकरएक गोल भएपछि अतिरिक्त समयमा कुनै पनि गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। फाईनलमा पुगेको नेर्पा गोल्डकपको दोस्रो संस्करणको विजेता हो। हारसँगै चियाबारी फुटबल क्लब र मानेभन्ज्याङ स्पोर्टस क्लब सेमीफाइनलिष्ट बनेको छ। 

२०६९ जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी९केएफए०को सह–आयोजनामा गोल्डकप सञ्चालन गरिएको हो। 

गत पुस १७ गतेदेखि जारी गोल्डकपको विजेताले दुई लाख ५१ हजार, उपविजेताले एक लाख ११ हजार र दुई सेमिफाइनलिष्ट टिमले २५र२५ हजार सहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट टिम प्रशिक्षकले नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन्। अनुशासित टिमले नगद पाँच हजार ५५५ का साथमा ट्रफी र प्रमाण–पत्र पाउनेछन्। मेन अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्ताले नगद सात हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। 

२०७३ चैत २३ गतेदेखि २७ सम्म अनुप स्मृति गोल्डकपको पहिलो र २०७५ बैशाख २६ गतेदेखि ३१ गतेसम्म दोश्रो संस्करण आयोजना गरिएको थियो। पहिलो र दोश्रो संस्करण प्रत्येक वर्ष गरिए पनि कोभिड–१९ को महामारीका कारण तेश्रो संस्करण पछाडि धकेलिएको थियो। अनुप स्मृति गोल्डकपलाई तेश्रो संस्करणबाट आमन्त्रित गोल्डकपमा परिणत गरिएको हो। 

अनुप स्मृति गोल्डकपलाई क्रमशः राष्ट्रव्यापी बनाउँदै ‘ए’ र ‘बि’ डिभिजन लिगका खेलाडीलाई स्थानीय मैदानमा उतार्ने आयोजकको लक्ष्य छ। दृर्घटनामा ज्यान गुमाएका छात्रको सम्झना र खेल र खेलाडीको व्यवसायीक बृत्तिकालागि गोल्ड कपको अवधारणा अघि सारिएको मूल आयोजक समिति मूल आयोजक समिति संयोजक सागर जोशीले बताए।

प्रकाशित: Jan 06, 2023| 07:25 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।