आइतबार, जेठ २६, २०८२

अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा स्पान्योलसँग १–१ को बराबरीमा रोकिएको छ।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

काठमाडौं- एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा स्पान्योलसँग १–१ को बराबरीमा रोकिएको छ।

घरेलु मैदान नोउ क्याक्पमा सातौं मिनेटमै मार्को अलोन्सोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। अलोन्सोले एन्ड्रियस किस्टिनसेनको पास सदुपयोग गरेका थिए।

७३ औं मिनेटमा जोसेलुले पेनाल्टीमार्फत गोल गर्दै स्पान्योललाई १–१ को बराबरीमा ल्याए। खेलमा दुवै टोली १० खेलाडीमा सिमित बनेका थिए।

७८ औं मिनेटमा जोडी अल्बाले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि बार्सिलोना १० खेलाडिमा समेटिएको थियो। ८० औं मिनेटमा स्पान्योल समेत १० खेलाडीमा सिमित बन्यो। उसका भिनियसिय सोउजाले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेका हुन्।

खेलको ८४औं मिनेटमा रेफ्रीले स्पान्योलका लिआन्द्रो काब्रेलालाई रातो कार्ड दिएपछि भिएआरको साहायतामा फिर्ता लिएका थिए। 

नतिजासँगै १५ खेलमा ३८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लियो। समान अंकको रियल म्यड्रिड दोस्रो स्थानमा छ। स्पान्योल समान खेलबाट १३ अंकका साथ १६ औं स्थानमा छ।

प्रकाशित: Jan 01, 2023| 08:50 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।