आइतबार, जेठ २६, २०८२

नेपाल टी-२० लिगमा लुम्बिनीको लगातार तेस्रो जित

आज भएको पहिलो खेलमा लुम्बीनीले पोखरा एभन्जर्सलाई तीन विकेटले पराजित गरेको हो।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं- किर्तीपुरको टियू क्रिकेट मैदानमा जारी पहिलो संस्करणको टि-२० क्रिकेटमा लुम्बीनी अल स्टार्सले लगातार तेस्रो जित दर्ता गराएको छ। आज भएको पहिलो खेलमा लुम्बीनीले पोखरा एभन्जर्सलाई तीन विकेटले पराजित गरेको हो।

जितका लागी पोखराले दिएको १ सय ३४ रनको मध्यम लक्ष्य लुम्बिनीले अन्तिम ओभरको अन्तिम बलमा ७ विकेट गुमाउदै पूरा गर्यो। त्यसका लागि कुशल भुर्तेलले ३९ रन, भान शाल्कविकले अविजित ३१ रन बनाए। त्यस्तै  उन्मुक्त चन्दले २२ रन बनाउदा अनिल शाहले १९ रन बनाए। उता पोखराका लागी विपिन खत्री र कुशल मल्लले समान २/२ विकेट लिए। त्यस्तै प्रतिश जिशी,अभिमन्यु मिथुन र जाहिर खानले समान १/१ विकेट लिए।

यसअघि  टस हारेर पहिले व्याटिङको निम्तो पाएको पोखराले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो। त्यसका लागी कुशल मल्लले ३१ बलमा सर्वाधिक ६१ रन बनाए।

यो जितसंगै लुम्बीनी तीन खेलमा ६ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा कायमै  रहेको छ। उता  लगातार तेस्रो हार व्यहोरेको पोखरा जितविहिन हुँदै   तालिकाको पुच्छरमा रहेको छ।

प्रकाशित: Dec 27, 2022| 13:35 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।