काठमाडौं– नेपाल टी–२० लिगको आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर रोयल्सलाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो। पोखराका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले।