सोमबार, जेठ २७, २०८२

लुम्बिनी अलस्टारको विजयी सुरुआत

कीर्तिपुरस्थित त्रिवी मैदानमा शनिबार दिउँसो सम्पन्न दोस्रो खेलमा लुम्बिनीले फारवेस्ट युनाइटेडलाई ६७ रनले हराएको हो।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं- नेपाल टी–२० लिगको आफ्नो पहिलो खेलमा लुम्बिनी अल स्टारले विजयी सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवी मैदानमा शनिबार दिउँसो सम्पन्न दोस्रो खेलमा लुम्बिनीले फारवेस्ट युनाइटेडलाई ६७ रनले हराएको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले पुरा ओभर खेल्दै सात विकेट गुमाएर १५२ रन बनाएको थियो। जवाफमा १६ ओभर दुई बलमै सबै सम्पूर्ण विकेट गुमाएर ८५ रुन बनाएपछि अलस्टारले ६७ रनको जित निकालेको हो।

खेलमा लाहिरु मिलन्थाले ६० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ३५ रन बनाए। त्यस्तै गुल्सन झाले पनि २५ रनको योगदान दिए। यता फारवेस्टका लागि करण केसी र उमिर अलीले समान ३–३ विकेट लिएका थिए।

जवाफमा कप्तान हसमतुल्लाह साहिदीले सबैभन्दा धेरै ३५ रन बनाएका थिए। विनोद भण्डारीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। लुम्बिनीका लागि दिपेन्द्रले तीन विकेट लिए भने सागर ढकालले पनि दुई विकेट लिए।

प्रकाशित: Dec 24, 2022| 19:18 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।