सोमबार, जेठ २७, २०८२

कस्ता विदेशी खेलाडी अनुबन्ध गर्‍यो विराटनगरले?

विराटनगरका विदेशी खेलाडीमा पाकिस्तानका हुसैन तलात, वेस्ट इन्डिजका आन्द्रे म्याक क्यार्थी किओन जोसेप र राज रकी नन्नानका साथै अमेरिकी खेलाडी गौरवान्सु शर्मा रहेका छन्।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं– बुधबार नेपाल टी–२० लिग क्लब विराटनगरले आफ्नो स्क्वाड सार्वजनिक गरेको छ। उसले सार्वजनिक गरेको स्क्वाडमा जिम्वाबेका सिकन्दर राजा सिनियर खेलाडीका रुपमा समेटिएका छन्।  

विराटनगरले मार्की खेलाडी रोहितकुमार पौडेललाई छाडेर विदेशी खेलाडी म्याक क्यार्थीलाई कप्तानीको जिम्मेवारी दिएको छ। यसअघि जनकपुरले सोमपाल कामीलाई छाडेर विदेशी खेलाडी ट्रेभोन ग्रिफिथलाई कप्तानीको जिम्मेवारी दिएको थियो। विराटनगरले सोही लाइन पछ्याएको हो।

विराटनगरका बाँकी विदेशी खेलाडीमा पाकिस्तानका हुसैन तलात, वेस्ट इन्डिजका आन्द्रे म्याक क्यार्थी किओन जोसेप र राज रकी नन्नानका साथै अमेरिकी खेलाडी गौरवान्सु शर्मा रहेका छन्।

यसअघि नेपामा आयोजना हुने एभरेस्ट प्रिमियर लिग(ईपिएल)मा विराटगरले विराटनगर वारियर्सको नामबाट खेल्ने गथ्र्यो। त्यतिबेला पनि करण केसीको कप्तानीमा जिम्वाबेका राजाले नेपालमा लिग खेलेका थिए। अहिले पनि उनी विराटनगरमै आबद्ध भएका छन्।

यस्ता छन् रोयल्सले अनुबन्ध गरेका खेलाडी

सिकन्दर राजा, जिम्वाबे
पाकिस्तानी जिम्वाबेयन क्रिकेटर सिकन्दरले नेपालको ईपिएलका साथै पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग(सिपिएल) जिम्वाबेको फ्रेन्चाइज लिग, बंगलादेश प्रिमियर लिग(बिपिएल), अफ्रिकन सुपर लिग खेलिसकेका छन्।

उनी विराटनगरका अनुभवी खेलाडीमा पर्छन् किनभने टेस्ट टिम जिम्वाबेको राष्ट्रिय टोलीका नियमित सदस्य हुन्। ३६ टेस्ट, १२३ एकदिवसीय र ६६ टी–२० आई खेलेका सिकन्दर नेपाल टी–२० लिगले पाएको सबैभन्दा अनुभवी र उच्च स्तरका खेलाडी हुन्। उनले ती फम्र्याटका खेलमा क्रमशः १ हजार १८७, ३ हजार ६५६ र १ हजार २५९ रन बनाइसकेका छन्।

त्यसबाहेक उनले फस्ट क्लास क्रिकेट, लिस्ट ए र टी–२० मा पनि सानदार प्रदर्शन गर्दै आएका छन्। उनको बलिङ फिगर पनि उत्कृष्ट छ। अहिलेसम्म उनले टी–२० आईमा ३८ विकेट बटुलिसकेका छन्। यो उनको थप सफलता हो।

सन् २००२ मा पकिस्तानबाट परिवारसहित जिम्वाबे बसाइँ सरेका उनी त्यहाँको घरेलु लिगमा उत्कृष्ट ब्याटिङ गर्दै राष्ट्रिय टिमसम्म पुगेका थिए। २०११ बाट त्यहाँको नागरिक भए।

ग्लास्कोबाट सफ्टवेयर इन्जिनियरिङसमेत गरेका र क्लबका सबैभन्दा अनुभवी खेलाडी बने पनि उनलाई कप्तान भने बनाएन। ‘मैले पछिल्लो सिजन यहाँ क्रिकेट खेलेको छु। अस्ति जिम्वाबेको टिम नेपालमा आउँदा हामीले नेपालसँग हार बेहोरेका थियौं। नेपालको क्रिकेट निरन्तर विकास भइरहेको छ। नेपालको टिमले पछिल्लो समय यूएईलाई पनि हराएको छ,’ विराटनगरको टिम घोषणामा सिकन्दरले भने।

हुसैन तलात, पाकिस्तान
तलातले पाकिस्तानका सबै प्रकारका घरेलु प्रतियोगिता खेलेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनले पाकिस्तानका तर्फबाट १८ खेल खेलिसकेका छन्। त्यसैले उनी पनि विराटनगरका लागि अनुभवी क्रिकेटर हुन्। उनी नेपालमा क्रिकेट खेल्न पहिलो पटक आएका छन्।

उनले अहिलेसम्म एक मात्र एकदिवसीय क्रिकेट खेलेका छन्। उनलाई पाकिस्तान क्रिकेट बोर्डले सन् २०१८ मा सेन्ट्रल कन्ट्रयाक्टका लागि बोलाएको थियो। उनले त्यही वर्ष टी–२० आईमा डेब्यू गरे। २६ वर्षीय तलात विराटनगरबाट नेपालमा हुने पहिलो संस्करणको नेपाल टी–२० लिग खेल्नेछन्।

उनी बायाँ हातले ब्याटिङ गर्छन् र दायाँ हातले मिडियम फास्ट बलिङ गर्छन्। त्यसैले उनी टी–२० मा अलराउन्डरका रुपमा देखिएका खेलाडी हुन्।

आन्द्रे म्याक क्यार्थी, वेस्ट इन्डिज
३५ वर्षीय जमैकन दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते आर्म अफब्रेक बलर म्याक कार्थीलाई विराटनगरले कप्तानीको जिम्मेवारी दिएको छ। राजा र नेपाली टिमका कप्तान रोहित पौडेललाई छाडेर कप्तान बन्ने उनी भाग्यमानी खेलाडी हुन्। 

वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट समेत खेलिसकेका कार्थीले अहिलेसम्म एक मात्र टी–२० आई र दुई एकदिवसय खेलेका छन्। यसबाहेक उनले जमैकाबाट वेस्ट इन्डिजको घरेलु क्रिकेट र जमैका तल्लाहवाजबाट सिपिएल खेलिसकेका छन्।

उनले लामो समयदेखि ती दुई टिममा स्थान बनाइरहेका छन्। चार वर्षअघि भएको रिजनल सुपर ५० मा उनी सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए। उनले पाकिस्तान र बंगलादेशविरुद्ध राष्ट्रिय टिमबाट खेलेका छन्। उनी माइनर लिग क्रिकेटको ड्राफ्टमा पनि छानिएका थिए।

गौरवान्सु शर्मा, अमेरिका
विराटनगर सुपर किंग्सको स्पोन्सर तथा सहकार्य गरिरहेको यूएसए ग्लोबल क्रिकेट एकेडेमीका खेलाडी हुन्, उनी। २४ वर्षीय गौरवान्सुले अमेरिकाको यू–१९ उमेर समूहबाट क्रिकेट खेलेका छन्। 

अलराउन्डर गौरवान्सुका लागि यो पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितासमेत हो। उनी दायाँ हातले ब्याट चलाउँछन् र सोही हातले अफब्रेक बलिङ गर्छन्। उनले उमेर समूहमा नेपालसँग क्वालालाम्पुरमा खेलेका थिए। तर यो सात वर्षअघि थियो। उनी अब अमेरिकाको सिनियर टिममा स्थान बनाउन दावेदार खेलाडीसमेत हुन्।

किओन जोसेप, वेस्ट इन्डिज
वेस्ट इन्डिजका ३१ वर्षीय कियोन जोसेप दायाँ हाते मिडियम फास्ट बलर हुन्। उनले अहिलेसम्म सिनियर टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलेका छैनन्। दायाँ हातले नै उनी फाट्टफुट्ट ब्याटिङ पनि गर्छन्। इएसपिएन क्रिकइन्फोमा उपलब्ध तथ्यांकअनुसार ३१ वर्षीय खेलाडीले आधिकारिक टी–२० प्रतियोगिता खेलकै छैनन्। उनले फस्ट क्लास क्रिकेट र लिस्ट ए भने खेलेका छन्।

उनले सन् २०१० मा यू–१९ विश्वकप खेलेका थिए। उनी वेस्ट इन्डिजको घरेलु प्रतियोगिता खेल्ने गर्छन्। नेपाल टी–२० लिग उनको पहिलो फ्रेन्चाइज प्रतियोगिता हुनेछ।

राज रकी नन्नान, वेस्ट इन्डिज
विराटनगर सुपरकिंग्सले मिडल अर्डर ब्याटरमा राखेको राज रकी नन्नानबारे इन्टरनेटमा धेरै कुरा भेटिँदैनन्। उनी पनि वेस्ट इन्डिजका खेलाडी हुन्। तर उनी त्यहाँको घरेलु लिग खेल्दैनन्। उनले यसअघि वासिङ्टन क्रिकेट लिग खेलेका छन्। मेजर लिग क्रिकेट पनि खेलेका छन्।

उनले अहिलेसम्म फ्रेन्चाइज क्रिकेट खेलेका छैनन्। उनी पनि यूएसए ग्लोबल क्रिकेट एकेडेमीका खेलाडी हुन्।

प्रकाशित: Dec 22, 2022| 15:44 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।