बिहीबार, असार ५, २०८२

संयोग, रुविन, बिनेश र नविताले एसियन च्याम्पियनसिप छनोट खेल्ने

नेपालका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया र नविता श्रेष्ठले एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागिता जनाउने भएका छन्।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

काठमाडौं- नेपालका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया र नविता श्रेष्ठले एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागिता जनाउने भएका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियनसिप २०२२ को समूह शीर्ष स्थानमा रहँदै चार खेलाडी एसियन टेबल टेनिस च्याम्पियनसिप छनोटमा स्थान बनाएका हुन्।

संयोग कपालीले लगातार दोस्रो जित निकाल्ने क्रममा माल्दिभ्सका मूसा मुन्सिफ अहमेदलाई ३-१ को सेटमा पराजित गर्न सफल भएका हुन्। पहिलो खेलमा संयोगले बंगलादेशका मोहम्मद नाफिज इक्वाललाई सोझो सेटमा पराजित गरेका  थिए। समूह ‘डी’ मा संयोग चार अंक सहित शीर्षस्थानमा रहे। 

रुविन महर्जनले आफ्नो दोस्रो खेलमा पाकिस्तानका मुहम्मद शाह खानलाई ३-१ को सेटमा पराजित गरेका थिए। समूह ‘सी’ को पहिलो खेलमा रुविनले श्रीलंकाका भुवनेका निर्मल बान्देरा जयासिंघीलाई सोझो सेटमा हराए ।

दुई खेलमा जित निकाल्दै समूह ‘एफ’ बाट बिनेश खनिया छनोट भएका छन्। शीर्षस्थानमा रहने क्रममा बिनेशले बंगलादेशका फहाद खवाजा र रामहिम लियनलाई पराजित गरेका थिए।

आज नै भएको खेलमा शिव सुन्दर गोथेले बंगलादेशका रिवन खानलाई पराजित गर्दै छनोट हुने सम्भावना कायम राखेका छन्। समूह ‘ए’ मा शिवको दुई अंक छ। यसैगरी समूह ‘इ’ मा रहेका प्रदीप रोका श्रीलंकाका प्रसाद जयशंका डि सिल्भासँग पराजित भए पनि सम्भावना कायम राखेका छन्।

महिलातर्फ शुक्रबार नै भएको समूह ‘एच’ को खेलमा नविताले बंगलादेशकी कोइ कोइ साइ मार्मालाई ३-१ को सेटमा पराजित गरिन्। लगातार दुई सेट ११-९, ११–६ ले जितेकी नविता तेस्रो सेट ४–११ ले गुमाएकी थिइन्। तेस्रो सटमा उत्कृष्ट पुनरागमन गर्दै नविताले सेट ११–७ ले जितेकी हुन्।

प्रतियोगिताको महिलातर्फ नविता नेपालबाट एसियन च्याम्पियनसिपमा छनोट हुने एक्लो खेलाडी बनिन्। अब, एसियन च्याम्पियनसिप छनोटमा सफल भए नविताले विश्व च्याम्पियनसिपमा सहभागी हुन पाउने छिन्।

समूह ‘एच’ मा नविताले दुई खेलबाट चार अंक जोड्दै शीर्षस्थानमा रहिन्। यस अघि नविताले पहिलो खेलमा श्रीलंकाकी तमादी काभिध्यालाई सोझो सेटमा पराजित गरेकी थिइन्। सहज जित निकाल्ने क्रममा नविताले ११–३, ११–९ र १२–१० ले जित हासिल गरेकी हुन्।

यसैगरी महिलातर्फकै खेलमा समूह ‘ए’ बाट भारतकी मनिका बट्रा, समूह ‘बी’ बाट भारतकी श्रीजा अकुला, समूह ‘सी’ बाट भारतकी रीथ रिस्या टेनिसन, समूह ‘डी’ बाट भारतकी अर्चना गिरिस कमाथ, समूह ‘इ’ बाट भारतकी दिया पाराङ चितल, समूह ‘एफ’ बाट भारतकी विमन्दी सन्दिन्सा  स्वा र समूह ‘एच’ बाट माल्दिभ्सकी फाथिमथ धिमा अलि छनोट भएकी छिन्।

आठ खेलाडी छनोट भइसक्दा बाँकी आठ खेलाडीको छनोट हुन बाँकी छ।  वरियता ९ देखि १६ सम्मको बाँकी छनोट खेल भोलि हुनेछन्। यस बरीयतामा नेपालका खेलाडी स्थान बनाउन असफल भएसँगै एसियन च्याम्पियनसिप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ। नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठले १७ देखि २४ वरीयतासम्म प्रतिस्पर्धा गर्ने छन्।

एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट हुनेछन्। नेपालबाट भने पाँच–पाँच खेलाडी छनोटमा सहभागी भएका छन्।

प्रकाशित: Dec 10, 2022| 10:46 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।