बुधबार, जेठ २९, २०८२

क्षेत्रीय टेनिस छनोटमा नविता, संयोग र विनेशको विजयी सुरुवात

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आजबाट सुरु भएको खेलमा नेपालका तीन खेलाडीले विजयी सुरुवात गरेका हुन्।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं– विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोट साउथ एसियन रिजनल च्याम्पियन्सिप– २०२० मा तीन नेपाली खेलाडीले विजयी सुरुआत गरेका छन्।। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आजबाट सुरु भएको खेलमा नेपालका तीन खेलाडीले विजयी सुरुवात गरेका हुन्। 

पुरुषतर्फ संयोग कपाली र बिनेश खनियाले विजयी सुरुवात गरे। समूह डी को खेलमा संयोगले बंगलादेशका नाफिज इक्बालाई सोझो सेटमा पराजित गर्न सफल भए। संयोगले ११–६, ११–६ र ११–९ ले जित निकाल्दै दुई अंक जोडे। 

यसैगरी बिनेशले बंगलादेशका फहाद खवाजालाई ३–२ को सेटमा पराजित गरे। उनले ११–८, ९–११, ३–११, ११–६, ९–११ ले जितनिकाल्दै विजयी सुरुवात गरेका हुन्। समूह एफमा विनेश दुई अंक सहित शीर्षस्थानमा छन्। 

महिलातर्फ नबिता श्रेष्ठले श्रीलंकाकी तमा दीकाभिध्यालाई सोझो सेटमा हराइन्। सहज जित निकाल्ने क्रममा नविताले ११–३, ११–९ र ११–१० ले जित हासिल गरेकी हुन्। 

पुरुषतर्फ समूह ए को खेलमा नेपालका शिव सुन्दर गोथे भारतका सनिल शंकर सेटीसँग सोझो सेटमा पराजित भए। यसैगरी समूह सी नेपालका रुविन महर्जन पाकिस्तानका मोहम्मद शाह खानसँग ३–२ को सोझो सेटमा हार बेहोरे। निकै नै प्रतिस्पर्धात्मक बनेको समूह इ मा नेपालका प्रदीप रोका पाकिस्तानका फैजान जाहूरसँग ३–२ सेटले पराजित भएका थिए। 

महिलातर्फको खेलमा इभाना थापा पहिलो खेलमा भारतकी रीथ रिस्या टेनिसनसँग ३–० को सोझो सेटमा पराजित भइन्। इभानाले खेल ११–२, ११–५ र ११–४ ले गुमााइन्। समूह सीमा दुबै खेल जितेकी भारतकी रीथले चार अंक जोड्दै शीर्षस्थानमा रहिन्। 

यसैगरी रविना महर्जन समेत समूह डी को खेलमा श्रीलंकाकी कसुनी हिमाया पिटिगालासँग  ३–१ ले पराजित भइन्। समूह इमा सिका सुवाल श्रेष्ठले भारतकी दियापाराङ चितलसँग ३–० कै सोझो सेटमा पराजित भइन्। यसैगरी समूह जीमा एलिना महर्जन श्रीलंकाकी महीशासिलन्दा गस्टसँग ३–० को सोझो सेटमा हार बेहोर्न पुगिन्।

साउथ एसियन रिजनल च्याम्पियन्सिप आजबाट सुरु भइ २५ मंसिरसम्म आयोजना हुनेछ। प्रतियोगितामा पुरुष तथा महिलातर्फका शीर्ष १६ खेलाडी एसियन च्याम्पियनसिपका लागि छनोट हुनेछन्। नेपालबाट पुरुष र महिलातर्फ पाँच पाँच खेलाडी सहभागी छन्।

प्रकाशित: Dec 08, 2022| 19:25 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।