बुधबार, जेठ २९, २०८२

नेपालमा एसियाली स्तरको पहिले रग्बी प्रतियोगिता हुँदै

पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने प्रतियोगिता शनिबारबाट सुरु हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले जानकारी गराएका हुन्।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं- एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने प्रतियोगिता शनिबारबाट सुरु हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले जानकारी गराएका हुन्।

पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्यान्ड, युएइ, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन्।

त्यस्तै, महिलातर्फ नेपाल, भारत, युएइ, मलेसिया र थाइल्यान्डले राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्। राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोलीले पुनः उपाधिका लागि भिड्ने छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं एसिया रग्बीका सदस्य टंकलाल घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिताले खेलाडीले एक्पोजर पाउनुका साथै राष्ट्रको पर्यटन प्रवद्र्धन र अर्थतन्त्र बृद्धिमा टेवा पुर्‍याउन पनि महत्वपूर्ण योग्दान पुर्‍याउने धारणा व्यक्त गरे।

‘यो प्रतियोगिता सफल रुपमा सञ्चालन गर्न सके नेपालले अरु प्रतियोगिता गर्ने अवसर पनि पाउने छ,’ सदस्य सचिव टंकलाल घिसिङले भनेका छन्। उनले यो प्रतियोगिता सम्पन्न गर्न सके नेपालको क्षमता राम्रो रहेको पुष्टि हुने पनि जानकारी दिएका छन्।

अहिलेसम्म नेपाल विश्व रग्बीको पूर्ण सदस्य भइसकेको छैन्। त्यसैले यो प्रतियोगिता गरेर नेपालले आउँले सेप्टेम्बरमा पूर्ण सदस्यको पनि अपिल गर्ने भएको छ।

रग्बी संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगिता सञ्चालन गर्न एक करोडमाथि बजेट खर्च हुने र त्यसमा ५७ लाख नेपाल रग्बी संघले व्यवस्थापन गर्ने जानकारी गराए। ‘सहभागीको आउने बस्ने खर्च एसिया रग्बीले व्यहार्ने छ। हामीले ग्राउन्ड खर्च बेहोर्ने हो त्यसका लागि स्पोन्सरसँग कुरा भइरहेको छ,’ देवकोटाले भने।

दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुन लागेको हो।

नेपाली टोलीको सम्पूर्ण खेल पोशाक गोक्यो वेयरले प्रायोजन गर्ने भएको छ। गोक्योका प्रोप्राइटर समिर केसीले कार्यवाहक अध्यक्ष देवकोटालाई पोशाक हस्तान्तरण गरे।

सोही अवसरमा नेपाली टोलीका खेलाडीहरुको नाम पनि सार्वजनिक गरिएको थियो। तर खेलाडी छनोटका लागि नेपालमा अहिलेसम्म यू १८ को राष्ट्रिय प्रतियोगिता नै भएको छैन।

संघले जानकारी गराए अनुसार नेपालमा यू २० र यू १६ को राष्ट्रिय प्रतियोगिता मात्रा भएको छ। त्यसै प्रतियोगिताबाट उमेर मिलाएर खेलाडी छनोट गरेको संघका अध्यक्षले जानकारी दिए।

यस्तो छ नेपाली पुरुष टिमः
रोहन डंगोल (कप्तान), मनीष हिङमांग (उप कप्तान), विकास कार्की, मोशेष सुनार, चन्द्रदेव जोशी, गणेश बानियाँ, नवीनबहादुर मगर, विरास रेग्मी, सन्दिपकुमार राई, एएमपी चौधरी, अवी राई र प्रसेश पनेरु

यस्तो छ नेपाली महिला टिमः
मनीषा घिसिङ (कप्तान), सुजा राई (उप कप्तान०) विदिशा राई, ज्योति बोम्जन, श्रीषा लोप्चन, मिनाक्षी अधिकारी, पुष्पा खड्का, आरजु शेर्पाली सुनार, पूजा बालमपाखी, सम्झौता तुम्बापो, सिर्जना छन्त्याल र सुमा योञ्जन

प्रकाशित: Dec 07, 2022| 19:58 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।