बिहीबार, जेठ ३०, २०८२

विश्वकपमा पहिलो ह्याट्रिक र पोर्चुगलको सानदार जित

क्यान्सेलोको ह्याट्रिक सहयोगमा पोर्चुगलले मंगलबार राति लुसेल रंगशालामा स्विट्जरल्यान्डविरुद्ध ६–१ को सानदार जित निकाल्यो।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं – कतारमा जारी फिफा विश्वकपमा पोर्चुगलका खेलाडी क्यान्सेलो रामोस ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्। पोर्चुगलका लागि यसअघिका तीनै खेलमा गोल नगरेका क्यान्सेलोले अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डविरुद्ध ह्याट्रिक गरेका हुन्। उनको ह्याट्रिक नै यो विश्वकपमा पहिलो  भएको छ।

क्यान्सेलोको त्यहि ह्याट्रिक सहयोगमा पोर्चुगलले मंगलबार राति लुसेल रंगशालामा स्विट्जरल्यान्डविरुद्ध ६–१ को सानदार जित निकालेको छ। जितका लागि क्यान्सेलोबाहेक डिफेन्डर पेपेले एक गोल गरे भने राफेल गुरेइरो र राफेल लिअयोले पनि समान १–१ गोल गरेका थिए।

यता खेलको ५८ औं मिनेटमा स्विट्जरल्यान्डका म्यानुयल अकान्जीले गोल फर्काएका थिए। पहिलो हाफमा भने पोर्चुगालले दुई गोल मात्र गर्न सकेको थियो। १७ औं मिनेटमा क्यान्सेलोले खाता खोलेका थिए भने ३३ औं मिनेटमा पेपेले उत्कृष्ट हेडर गर्दै बललाई पोस्टको जालीभित्र छिराएका थिए।

क्यान्सेलोले दोस्रो हाफको ५१ औं र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। त्यसबीच खेलको ५५ औं मिनेटमा गुरेइरोले गोल गरेका थिए भने स्विट्जरल्यान्डले पनि एक गोल फर्काएको थियो। त्यस्तै खेलको इन्ज्युरी समयमा भने लिअयोले पोर्चुगलका लागि अन्तिम गोल गरे।

यो खेलमा जित निकाले पनि पोर्चुगलेले ४७  प्रतिसत समय मात्र बलमा नियन्त्रण बनाउन सकेको थियो। त्यसबाहेकको समय बलमा नियन्त्रण राखेको स्विट्जरल्यान्डले पोर्चुगलको पोस्टतर्फ १० प्रहार गरेको थियो। तर एकबाहेक उसका कुनै प्रहार सफल भएनन्।

यता पोर्चुगल र स्विट्जरल्यान्डको समान ३–३ अफसाइड भएका थिए। यो जितसँगै पोर्चुगलले अब शनिबार राति मोरोक्कोसँग विश्वकपको क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

गएरातिकै अर्को खेलमा, स्पेनलाई पेनाल्टीमा ३-० ले हाराउँदै मोरोक्को कतारमा जारी फिफा विश्वकपको अन्तिम आठमा पुगेको छ। खेलको निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएपछि अतिरिक्त ३० मिनेट थप गरिएको थियो। तर अतिरिक्त समयमा पनि गोल नभएपछि मोरोक्कोले पेनाल्टीमा जित निकालेको थियो।

प्रकाशित: Dec 07, 2022| 07:09 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।