सोमबार, असार २, २०८२

पाकिस्तानविरुद्ध नेपाललाई अग्रता

दशरथ रंगशालामा जारी नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा नेपाली टिमले अग्रता बनाएको छ।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं- दशरथ रंगशालामा जारी नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा नेपाली टिमले अग्रता बनाएको छ। खेलको ८२औं मिनेटमा नेपालका अन्जन विष्टले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएका हुन्। विष्टको यो ११औं अन्तर्राष्ट्रिय गोल हो।

विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो पटक अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रिएको हो।

दशरथ रंगशालामा घरेलु टोलीले आज ५०औं खेल खेलिरहेको हो। नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो।

सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक आमनेसामने भएका हुन्। त्यसबेला नेपाल २–१ गोलले पराजित भएको थियो। दुई देशबिच अहिलेसम्म १७ खेल भएकोमा पाकिस्तानले सात र नेपालले पाँच खेल जितेका छन्। पाँच खेल बराबरी भएका थिए।

प्रकाशित: Nov 16, 2022| 18:55 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।