सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत रकम वितरण

डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत रकम वितरण

डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत वितरण गरिएको छ।
 |  शनिबार, कात्तिक २६, २०७९

रासस

रासस

शनिबार, कात्तिक २६, २०७९

डोटी- डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत वितरण गरिएको छ। खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर मंगलबार राति गएको भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो। ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट ६ जनाले ज्यान गुमाएका थिए।

जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहोरालाई चार लाख, विस्नादेवी बोहोरालाई तीन लाख र महावीर बोहोरालाई दुई लाख रुपैयाँ प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ। त्यस्तै घरमा पूर्ण क्षति पुगेका १८ परिवारलाई टेन्ट, ब्ल्याङ्केट, खाद्यान्न उपलब्ध गराइएको छ।

सायल गाउँपालिकामा ३०/३० थान त्रिपाल र ब्ल्याङ्केट पठाइएको र पूर्वीचौकीको सिमलडाँडाका १० घरपरिवारलाई आज राहत सामग्री पठाउन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिए।

भौतिक क्षतिको मूल्याङ्कनका लागि प्राविधिक कर्मचारी पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध पनि गरिएको छ। भूकम्पबाट डोटीसहित आसपासका जिल्लामा घर चर्केका तथा भत्केका छन्।

प्रकाशित: Nov 12, 2022| 09:08 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।