मंगलबार, असार ३, २०८२

फिफा विश्वकपका लागि जर्मनी, बेल्जियम र क्यामरुनको टिम घोषणा

चार पटकको च्याम्पियन जर्मनीसँगै विश्व वरियताको दुई नम्बरमा रहेको बेल्जियम र क्यामरुनले पनि टिम घोषणा गरेका हुन्
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि आज थप तीन टिमले आफ्नो टिम सार्वजनिक गरेका छन्। चार पटकको च्याम्पियन जर्मनीसँगै विश्व वरियताको दुई नम्बरमा रहेको बेल्जियम र क्यामरुनले पनि टिम घोषणा गरेका हुन्।

मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहीबार २६ सदस्यीय अन्तिम टोली घोषणा गर्दा बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग राष्ट्रिय टिममा नयाँ अनुहारका रुपमा देखिएका छन्।

क्लब बायर्न म्युनिखका गोलकिपर मानुएल निउर, मिडफिल्डर जोसुआ किम्मीच र फरवार्ड थोमस मुलर जस्ता अनुभवी खेलाडी रहेको टिममा २०१४ को विश्वकप फाइनलमा गोल गरेका मारियो गोट्चा र इल्के गुन्डागोन पनि छन्। विश्वकपमा जर्मनी समूह ‘ई’ मा छ। जर्मनीले नोभेम्बर २३ मा जापानसँग खेल्दै विश्वकप सुरु गर्नेछ।

जर्मनीको टिम

गोलकिपरः मानुएल नोए, मार्क आन्द्रे टेर स्टेगन, केभिन ट्रयाप

डिफेण्डरः अर्मल बेल्ला कोटच्याप, माथिएस जिन्टर, क्रिस्टियन गुन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेभिड राउम, एन्टोनिओ रुडिगर, निको स्लोटरबेक, निकलस सुले

मिडफिल्डर र फरवार्डः करिम आडेयेमी, युलियन ब्रान्ड्ट, निकलस फुल्करग, सर्जी जिनाब्री, लिओन गोरेट्ज्का, मारियो गोट्चा, इल्के गुन्डोगान, काऐ हाभार्ट, जोनास होफम्यान, जोसुआ किम्मिच, युसुउफा मोउकोको, जमल मुसिएला, थोमस मुलर, लेरोय साने

बेल्जियमले पनि गर्यो टिम घोषणा

बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनजेले बिहीबार २६ सदस्यीय टोली घोषणा गर्दा चोटसँग संघर्ष गरिरहेका फरवार्ड रोमेलु लुकाकु पनि समावेश भए। 

त्यस्तै टिममा इडेन हाजार्ड, केभिन डे ब्रुएना लगायत छन्। बेल्जियमले नोभेम्बर २३ मा क्यानडासँग खेल्दै विश्वकप सुरुवात गर्नेछ।

बेल्जियन टिम

गोलकिपरः थिबाउट कोर्टवा, सिमोन मिङ्नोलेट, कोएन कास्टिल्स डिफेण्डरः जान भर्टोङ्गन, टोबी एल्डरवाएरल्ड, लिएन्डर डेनडोनकर, जेनो डेबास्ट, आर्थर थिएटे, वाउट फाइस

मिडफिल्डरः हान्स, भानाकेन, एक्सल, युरी थिलेमन्स, अमाडोउ, ओनाना, केभिन डे ब्रुएना, यानिक कारास्को, थोर्गन हाजार्ड, टिमोथी कास्टाग्ने, थोमस मुनिएर

फरवार्डः रोमेलु लुकाकु, मिची बात्सुई, लोइस ओपेन्डा, चार्ल्स डे केटलाएरा, एडेन हाजार्ड, जेरेमी डोकु, ड्राइस मर्टेन्स, लिएन्ड्रो ट्रोसार्ड

क्यामरुनको टिम

गोलकिपरः डेभिस एपासी, सिमोन एगापान्डोउट्एनबु, आन्द्रे ओनाना

डिफेण्डरः जिन चार्ल्स कास्टेलेट्टो, एन्जो एबोस्स्, कोलिन्स फाई, ओलिभिएर एमबाइजो, निकोलस एनकोउलोउ, टोलो नोउहोउ, क्रिस्टोफर वुह

मिडफिल्डरः मार्टिन होङग्ला, पिएरे कुन्डे, ओलिभर एनचाम, गाएल ओन्डोउअ, सामुएल ओउम गोउएट, आन्द्रे फ्रान्क जाम्बो अङ्गुइस्सा

फरवार्डः भिनसेन्ट अबाउबाकर, क्रिस्टियन बासोगोग, एरिक म्याक्सिम चोउपो मोटिङ, साउएइबोउ मरोउ, ब्रायन एमबेउमा, निकोला मोउमी एनगामालेउ, जेरोमी एनगोम, जर्गेस केभिन, जिन पिएरे एनसामे, कार्ल टोको एकाम्बी

प्रकाशित: Nov 10, 2022| 21:20 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।