मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान विश्वकप क्रिकेटको फाइनलमा

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान विश्वकप क्रिकेटको फाइनलमा

प्रतियोगिताको फाइनल पुग्नका लागि पाकिस्तानलाई १५३ रन बनाउनु पर्नेमा उसले पाँच बल बाँकी रहँदै सो रन जोडेर फाइनल यात्रा तय गरेको हो।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- अष्ट्रेलियामा भइरहेको आईसीसी टी २० विश्वकपअन्तर्गत भर्खरै सम्पन्न पहिलो सेमिफाइनल खेलमा र न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको छ।

प्रतियोगिताको फाइनल पुग्नका लागि पाकिस्तानलाई १५३ रन बनाउनु पर्नेमा उसले पाँच बल बाँकी रहँदै सो रन जोडेर फाइनल यात्रा तय गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पुरा ओभर खेल्दै चार विकेट गुमाएर १५२ रन बनाएको थियो।

जवाफमा पाकिस्तानले तीन विकेट गुमाएर लक्ष्य  पुरा गरेको हो। पाकिस्तानका ओपनर मोहमद रिजवले ४३ बलमा पाँचा चौकाको साथ ५७ रन बनाएका थिए। त्यस्तै कप्तान बाबर अजामले ५३ रन बनाए।

उनीहरुले १०५ रनको साझेदारी गरेसँगै पाकिस्तान १२औं ओरमै सहज अवस्थामा पुगेको थियो। खेलमा मोहम्मद हरिशले ३० रन बनाएका थिए।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले दुई र मिचेल सन्तनरले एक विकेट गिराएका थिए। यता पहिलो पारीको पहिलो चार रनमै विकेट गुमाएको न्युजिल्यान्डले ३८ रनमै दोस्रो विके पनि गुमाएको थियो। तेस्रो विकेटका लागि पनि पाकिस्तानले आठौं ओभरसम्म मात्र पर्खिनु पर्यो। यद्यपी केन विलियम्सनले ४२ बल खेलेर ४६ रन बनाउँदै न्युजिल्यान्डको मध्यक्रम जोगाएका थिए।

उनलाई लामो समय क्रिजमा साथ दिएा डेरिल मिचेलले पनि ३५ बलमा ५३ रनको अर्धसतकिय पारी खेले। पहिलो ओभरमे विकेट लिएका शहिन शाह अफ्रिदीले  विलियम्सनलाई १७औं ओभरमा आउट गराएका थिए। मोहम्मद नवाजले एक विकेट लिँदा डेभोन कोन्वे रनआउट भए।

अब पाकिस्तानले फाइनलमा इंग्ल्यान्ड र भारतको विजेता टिमविरुद्ध फाइनलमा खेल्नेछ। दोस्रो सेमिफाइन खेलमा यी दुईबीच भोलि प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: Nov 09, 2022| 17:23 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।