मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पीएम कप क्रिकेट : पुलिसले मधेशलाई हरायो, कर्णालीविरुद्ध आर्मीको जित

पीएम कप क्रिकेट : पुलिसले मधेशलाई हरायो, कर्णालीविरुद्ध आर्मीको जित

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिस क्लबले मधेश प्रदेशलाई १९१ रनले हराएको छ।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं– काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिस क्लबले मधेश प्रदेशलाई १९१ रनले हराएको छ। कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा सम्पन्न समूह चरणको अन्तिम खेलमा २७४ रनको लक्ष्य पछ्याएको मधेश ८२ रनमै अलआउट भएपछि पुलिसले १९१ रनको जित निकालेको हो।

आरिफ शेखले ७३, अमृत श्रेष्ठले ६५ र दिपेन्द्र सिंह ऐरीले ५१ रनको अर्धसतकिय पारी खेलेपछि पुलिसले पाँच बल बाँकी रहँदै सबै विकेट गुमाएर २७३ रन बनाएको थियो।

त्यसदौरान मधेशका राजेश यादव र रुपेश सिंहले समान तीन–तीन विकेट लिएका थिए। दोस्रो पारीमा मधेशका चार खेलाडी शून्य रनमा आउट भए भने तीन खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। मोहम्मद आदिल आलमले बनाएको ४२ रनले मधेशलाई अघि बढाउन सकेन। 

पुलिसका लागि आठ ओभर तीन बल बलिङ गरेका कुशल भुर्तेलले दुई मेडन राख्दै २२ रन खर्चिएर पाँच विकेट गिराएका थिए। यद्यपी पुलिस र मधेश दुवैले सेमिफाइनलमा स्थान बनाइसकेका  छन्।

यता मूलपानी मैदानमा भएको खेलमा चाहिँ त्रिभुवन आर्मी क्लबले कर्णालीलाई १४० रनले हराएको छ। पहिले ब्याटिङ गरेको आर्मीले २५४ रनको लक्ष्य दिए पनि कर्णाली २८ ओभर तीन बल खेल्दै ११४ रन बनाएर अलआउट भएपछि आर्मीले जित निकालेको हो।

खेलमा म्यान अफ दि म्याच बनेका रोहित कुमार पौडेलले ३५ रन बनाएका थिए भने दोस्रो पारीमा चार ओभर बलिङ गर्दै तीन विकेट गिराए। आर्मीका कुनै खेलाडीले अर्धसतक बनाउन नसके पनि सबैले एकैनासको प्रदर्शन गरे।

हरी चौहानले ३१, कुशल मल्लले ३५, भीम सार्कीले २९, विनोद भण्डारीले ३७ र राजेश पुलामीले २८ रन बनाएका थिए। कर्णालीका प्रकाश जैशीले तीन विकेट गिराएका थिए।

कर्णालीको पारीमा विपिन रावल अर्धसतक बनाउनबाट दुई रनले चुके।

यससँगै पिएम कपका समूह चरणका सबै खेल सकिएका छन्। अब सेमिफाइनल समीकरण पूरा भएको छ। समूह एको विजेता एपिएफले बीको उपविजेता मधेशको सामना गर्नेछ। समूह बीको विजेता पुलिसले ए को उपविजेता आर्मीको सामना गर्नेछ। सेमीफाइनलका खेल त्रिवी क्रिकेट मैदानमा हुनेछन्।

प्रकाशित: Nov 08, 2022| 16:47 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।