आइतबार, जेठ ५, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • स्याङ्जा-१ मा कांग्रेस (बीपी)का उम्मेदवारको समर्थन कांग्रेसलाई

स्याङ्जा-१ मा कांग्रेस (बीपी)का उम्मेदवारको समर्थन कांग्रेसलाई

स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मदेवारी दर्ता गराएका नेपाली कांग्रेस (बीपी) का उम्मेदवार प्रदीप पौडेल क्षत्रीले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गरेका छन्।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं- स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मदेवारी दर्ता गराएका नेपाली कांग्रेस (बीपी) का उम्मेदवार प्रदीप पौडेल क्षत्रीले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार राजु थापा र प्रदेशसभा सदस्य  उम्मेदवार कुमार रानालाई समर्थन गर्ने प्रतिवद्धता जनाउँदै उनले उम्मेदवारी निस्क्रिय बनाएका हुन्।

पौडेलसँगै प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवार जगतबन्धु पोखरेलले पनि आफ्नो उम्मेदवारी निस्क्रिय पारेको जनाउँदै थापा र रानालाई समर्थन गर्ने जनाएका छन्। 

राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिवद्ध भई प्रजातन्त्रको पक्षमा वकालत गर्न नेपाली कांग्रेसबाट मात्र सम्भव भएको जनाउँदै समानुपातिकतर्फ सूचीकृत आफ्नो उम्मेदवारी निस्क्रिय बनाउँदै कांग्रेसका पक्षमा उभिएको उनले जनाएका छन्। 

नेपाली कांग्रेस (बीपी) का उम्मेदवारले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएसँगै अब स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. १ को एक पदका लागि नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पाटी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माओवादी समाजवादी, मंगोल नेशनल अर्गनाइजेशन, जनसमाजवादी पार्टी नेपाल गरी ११ जना चुनावी प्रतिस्पर्धामा छन्।  

यसअघि १५ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये दुई स्वतन्त्र र नेकपा एकीकृत समाजवादीले तोकिएको समयमा उम्मेदवारी फिर्ता लिइसकेका छन् भने नेपाली कांग्रेस (बीपी)ले अहिले निस्क्रिय बनाएको छ। 

प्रकाशित: Nov 08, 2022| 11:44 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।