मंगलबार, असार ३, २०८२

यू–१५ महिला साफमा आज नेपाल र भुटानको खेल

बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा आज नेपाली यू १५ टिमले भुटानको सामना गर्दैछ।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा आज नेपाली यू १५ टिमले भुटानको सामना गर्दैछ। 

आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशसँग ८-० को ठूलो हार बेहोरेको बंगलादेशले आज नेपालको सामाना गर्न लागेको हो।

वीर श्रेष्ठ सहिद सिपाही मोस्टफा कमल रंगशालामा गएको मंगलबार भएको उद्घाटन खेलमा बंगलादेशले जित निकालेका थियो। जहाँ भुटानले पहिलो खेलमा नै हार बेहोर्यो। तीन टिम मात्र सहभागी बनेको प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले पहिलो खेल खेल्न लागेको हो।

नेपाल र भुटानबीचको खेल आज दिउँसो सवा ४ बजे हुने आयोजकले जानकारी दिएको छ। उपाधि जित्ने लक्ष्य राखेको नेपाल प्रतियोगिता सुरु हुनुभन्दा केहि दिनअिघ नै बंगलादेश पुगेको हो।

पछिल्लो समय दक्षिण एसियाली महिला फुबटलमा राज गरिरहेको बंगलादेशलाई हराएर यो पटक नेपाल च्याम्यिन हुन चहान्छ।

यता भुटानले चाहिँ यो पटक सुधारिएको प्रदर्शन गर्ने आशा राखेको थियो। उसको उद्देश्य पनि राम्रो प्रदर्शन गर्ने नै रहेको छ। त्यसैले आज भुटान नेपालविरुद्ध पहिलो जितको लक्ष्यसाथ मैदानमा होमिनेछ।

अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५मा खेल्नेछ। डबल राउन्ड रोबिनमा खेल हुने भएकाले नेपालले  भुटानसँग दोस्रो खेल  नोभेम्बर ९ र बंगलादेशसँग नोभेम्बर ११ मा पुनः खेल्नेछ। लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने आयोजक दक्षिण एसियाली फुटबल फेडेरेसन(साफ) ले जानकारी दिएको छ।

प्रकाशित: Nov 03, 2022| 13:50 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।