मंगलबार, असार ३, २०८२

बदला लिने होइन, जित्ने भावनाले प्रेरित

यो उमेर समूह साफले आयोजना गर्ने सबैभन्दा युवा खेलाडीको फुटबल प्रतियोगितासमेत भएकाले भविष्यमा कुन देशले दक्षिण एसियामा राम्रो खेलाडी उत्पादन गर्न सक्छ भन्ने कुराको पहिलो संकेत यसले दिन्छ।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

काठमाडौं– बंगलादेशमा आजबाट यू–१५ महिला साफ च्याम्पियनसिप सुरु हुँदै छ। यो उमेर समूह साफले आयोजना गर्ने सबैभन्दा युवा खेलाडीको फुटबल प्रतियोगितासमेत हो। त्यसैले पनि भविष्यमा कुन देशले दक्षिण एसियामा राम्रो खेलाडी उत्पादन गर्न सक्छ भन्ने कुराको पहिलो संकेत यस्तो प्रतियोगिताले दिन्छ।

तर बंगलादेशमा प्रतियोगिता आयोजना हुँदै गर्दा सहभागी टिम भने धेरै छैनन्। आयोजकसँगै नेपाल र भुटानले मात्र सहभागिता जनाएका  छन्। भारतमा विश्वकप भर्खरै सकिएका कारण उसले पनि सहभागिता जनाएन। त्यसैले पनि यो प्रतियोगितामा जितको लक्ष्य तिनै टिमले राखेको छ।

लक्ष्य ठूलो राखे पनि नेपालले चार साताको मात्र अभ्यास गरेको छ। भुटानले तीन महिना अभ्यास गर्दा बंगलादेशको अभ्यास चार महिनाको छ। युवा खेलाडीबाटै फुटबलमा लगानी थालेको बंगलादेशले पछिल्लो समय यू–१९, यू–१८ र सिनियरसम्मकै साफ च्याम्पियनसिप जितिसकेको छ।

यू–१५ कै कुरा गर्दा यसअघिका दुवै संस्करणको विजेता भारत हो। नेपाल पछिल्लो दुई संस्करणको फाइनलमा पनि पुग्न सकेको छैन। अहिले नेपाली टिमकी मुख्य प्रशिक्षक रहेकी भगवती राना मगरले प्रतियोगितामा सहभागी हुन पाएकामा धेरै खुसी रहेको बताएकी छन्। उनले अगाडि भनिन्, ‘हामी कसैसँग पनि फाइट गर्न तयार छौं। हामी जितका लागि संघर्ष गर्नेछौं र जित निकाल्ने आश गर्छौं।’

भगवतीले नेपाली टिम धेरै प्रतिस्पर्धी रहेको दाबी गरेकी छन्। उनका अनुसार यो टिम खेलका लागि शारीरिक र मानसिक रूपमा तयार रहेको छ। 

यो उमेर समूह साफले आयोजना गर्ने सबैभन्दा युवा खेलाडीको फुटबल प्रतियोगितासमेत भएकाले भविष्यमा कुन देशले दक्षिण एसियामा राम्रो खेलाडी उत्पादन गर्न सक्छ भन्ने कुराको पहिलो संकेत यसले दिन्छ।
त्यस्तै, नेपाली कप्तान दीपा रोकायाले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताका लागि उत्साही रहेकी उनलाई लाग्छ, अब नेपालले जित्नुपर्छ। उनले भनेकी छन्, ‘पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको खुसीका साथ म अघिल्लो खेलमा जित निकाल्न चाहन्छु। हामी यहाँ जित्नकै लागि आएका हौं।’

तर जित निकाल्न भने सहज छैन। पछिल्लो समय भुटानले फुटबलमा धेरै लगानी गरिरहेको छ। नेपालमै भएको साफमा पनि भुटानले पहिलो पटक जित निकाल्यो। एकभन्दा धेरै गोल गर्दै विभिन्न कीर्तिमान बनाएको थियो। त्यसैल भुटान अब रोकिने अवस्थामा छैन। यही प्रतियोगिताको लागि उसले तीन महिनाको अभ्यास गरेको छ।

नेपाली महिला फुटबल टोली।

भुटानका मुख्य प्रशिक्षक एनगावाङ यानचेन भन्छिन्, ‘हामीले साफका लागि तीन महिना लामो अभ्यास गरेका छौं। मलाई विश्वास छ,  हाम्रा खलाडी उत्साही छन् र आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट नतिजा दिनेछन्।’

आफूसहित तीन टिम नै उत्कृष्ट भएको दाबी गर्दै प्रशिक्षक यानचेले भनेकी छन्, ‘तीन टिम नै धेरै बलिया रहेका छन्। त्यसमा पनि भुटानको टिममा युवा र ऊर्जावान खेलाडी छन्। हाम्रो सबैभन्दा बलिया पक्ष नै डिफेन्स हो।’ उनले हरेक दिन ढेड घन्टाको अभ्यास गरिरहेको जानकारी दिइन्। 

भुटानकै कप्तान केल्देन वाङ्मो आफ्नो इतिहासभन्दा राम्रो गर्ने लक्ष्यसाथ खेल खेल्न आएको बताउँछिन्। यसअघिको संस्करणमा सेमिफाइनल पुगेको र चौथो भएको भुटानले नयाँ सफलताका लागि मानसिक रुपमा तयार भएर आएको छ। कप्तान वाङ्मो भन्छिन्, ‘मानसिक रुपमा तयार भएर आएका छौं। यो टिमका खेलाडीको पहिलो प्रतियोगिताका लागि खुृसी छौं। हामी तीनै टिममा नयाँ खेलाडी भएका कारण पनि धेरै उच्च स्तरको आशा राखेका छौं।’

तर भुटानलाई उच्च स्तरको आशमा नेपालसँगै बंगलादेश पनि बाधक हुनेछन्। बंगलादेशको घरेलु मैदानमा प्रतियोगिता हुँदै छ र उसको तयारी पनि राम्रो छ।

बंगलादेशी कप्तान स्लाम रवानी छोटोनले पछिल्लो समय निकाल्दै आएका जितले यो टिमलाई हौसला मिलेको बताएका छन्। छोटोन भन्छन्, ‘अहिले सिनियर टिमले नेपालमा साफ च्याम्प्यिनसिपमा जित निकालेका कारण हाम्रा जुनियर खेलाडी उत्साही छन्।’

बंगलादेशको फुटबल एकेडेमीका खेलाडी

छोटोनको ध्यान प्रतियोगिता नभएको समय पनि छ। कोभिड महामारीका कारण तीन वर्ष प्रतियोगितै भएनन्। त्यसैले पनि लामो समयको अभ्यास खेलाडीलाई चाहिएको थाहा पाएका उनले पछिल्लो चार महिनामा दैनिक अभ्यास गरेको बताउँछन्। ‘हाम्रो यो टिम एक वर्षबाट सँगै फुटबल सिकिरहेको छ। उनीहरू एक– अर्काबारे जानकार छन्। हाम्रै देशमा हुने खेल निकै प्रतिस्पर्धात्मक हुनेछ,’ उनले आफ्नो टिमको क्षमताबारे भने। 

‘नेपालले चार साताको तयारी गरेको छ,’ नेपाली टिमको वास्तवकताबारे मुख्य प्रशिक्षक भगवतीको भनाइ छ। उनलाई लाग्छ– यो तयारीले सहयोग गरिरहेको छ। खेलअघि  आयोजित पत्रकार सम्मेलनमा उनलाई सोधियो, के नेपाल पछिल्लो खेलमा बंगलादेशसँग बेहोरेको हारको बदला लिन चाहन्छ? ‘होइन,’ मुख्य प्रशिक्षक भगवतीको जवाफ छ, ‘हामी साफमा बंगलादेशसँग बेहोरेको हारको बदला लिन आएको होइन। हामी आफैं बेस्ट दिन चाहन्छौं। हामी युवा छौं र केही नयाँ कुरा गर्न गइरहेका छौं।’

प्रशिक्षक भगवतीका अनुसार नेपाली खेलाडी तुलनात्मक रुपमा क्षमतावान छन्। भन्छिन्, ‘सबै खेलाडी नयाँ छन्। खुला छनोटबाट उनीहरूलाई छनोट गरिएको हो। उनीहरू पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रहेका छन्।’ तर गर्मीले नेपाली खेलाडीलाई समस्या गराउन सक्ने उनको अनुमान छ।

प्रतियोगिताको उद्घाटन खेल आज हुँदै छ। यसमा भुटानले बंगलादेशको सामना गर्दै छ। प्रतियोगिताको दोस्रा खेलमा नेपालले पहिलो खेल खेल्नेछ।

प्रकाशित: Nov 01, 2022| 13:44 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।