बिहीबार, असार ५, २०८२

सान्त्वना जितको खोजीमा रहेको नेपाल अन्तिम खेलमा पनि पराजित

यु–१७ एसिया कप छनोटअन्तर्गत सुरुआति दुवै खेलमा हार बेहोरेको नेपालले तेस्रो तथा अन्तिम खेलमा जितको लक्ष्य राखे पनि पराजित भएको छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं- यु–१७ एसिया कप छनोटअन्तर्गत सुरुआति दुवै खेलमा हार बेहोरेको नेपालले तेस्रो तथा अन्तिम खेलमा जितको लक्ष्य राखे पनि पराजित भएको छ। भियतनाममा भएको अन्तिम खेलमा चाइनिज ताइपेईसँग नेपालले ४–२ को हार बेहोरेको हो।

अर्को वर्ष हुने एसिया कपको छनोट चरणबाटै बाहिरिए पनि नेपाल अन्तिम खेलमा भने सान्त्वना जितको खोजिमा थियो। तर अन्तिम खेलमा पनि हार बेहारेपछि नेपाल अंकविहिन हुँदै बाहिरिएको छ।

खेलको तेस्रो मिनेटमै हाइ चाङले गोल गर्दै चाइनिज ताइपेईलाई अग्रता दिलाएका थिए। तर खेलको १० औं मिनेटमै नेपाली खेलाडी लक्ष्यमले बराबरी गोल गरे। २८ औं मिनेटमा यान याओले गोल गरेपछि भने पहिलो हाफमा नेपाल २–१ ले पछि परेको थियो।

दोस्रो हाफमा बिके सिंहले नेपालका लागि गोल गरे भने यि टिङ र हाई चाङले क्रमशः ० औं र ८९ औं मिनेटमा गोल गरेका थिए। यता नेलको ७ औं मिनेटमा नेपालका दिपक थापा मगरले विपक्षी खेलाडीलाई समान्य ट्याकल गरेपछि उनले रातो कार्डको सामना गरेका थिए। त्यसपछि चाइनिज ताईपेईले दुई गोल थपेको थियो।

‘दिपको फउल रातो कार्ड पाउने गरिकै चाहिँ थिएन जस्तो लाग्छ। यसबाहेक हामीले राम्रो खेलेको हो,’ नेपाली टिमका मूख्य प्रशिक्षक उर्जन श्रेष्ठले खेलपछि भने।

छनोटमा नेपालले छनोटका तीन खेलमा १२ गोलको सामना गर्यो भने दुई गोल मात्र गर्न सक्यो। आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डसँग ३–० को सामना गरेको थियो भने भियतानामसँग ५–० को लज्जास्पद हार बेहोरेको थियो।

नेपालविरुद्ध भियतनामका कोङ फुओङ, होआङ सन, लोङ भू, हिन्ह थुओङ र भान दान्हसले समान १–१ गोल गरेका थिए। 

छनोटका सबै खेल सकिएपछि नेपाली टिमका प्रशिक्षक श्रेष्ठले आज आफ्नो टिमले फेरि अर्को गल्ती गर्नाले हार बेहोरेका बताएका छन्। ‘हामीले धेरै अवसर पनि बनाएको हो त्यसलाई सदुपयोग गर्न सकेको भए हामीले जित निकाल्ने थियौँ,’ प्रशिक्षक श्रेष्ठले भने।

दोस्रो खेलपछि भियतनामी प्रशिक्षक एनगुएन क्वोएक तुआनले नेपाली टिम आफूले सोचेभन्दा पनि कमजोर भएको बताएका थिए। त्यो खेलमा पनि नेपाली टिमले धेरै मिस पास खेलेको र आत्मविश्वास नै गुमाएको मूख्य प्रशिक्षक उर्जन श्रेष्ठले बताएका थिए।

अर्को खेलमा भने भियतनामले थाइल्यान्डसँग खेल्दैछ। जित निकाल्ने टिम समूह विजेता बन्दै अर्को वर्ष हुने एएफसी यू १७ एसिया कप खेल्न पाउने छ।

प्रकाशित: Oct 09, 2022| 17:47 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।