बिहीबार, असार ५, २०८२

नवौं राष्ट्रिय खेलकुदमा मधेश प्रदेशले गर्‍यो विजयी सुरुआत

पोखराको क्रिकेट रंगशालामा सम्पन्न उद्घाटन खेलमा मधेश प्रदेशले विजयी सुरुआत गरेको हो।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं- नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा मधेश प्रदेशले जित निकालेको छ। पोखराको क्रिकेट रंगशालामा सम्पन्न उद्घाटन खेलमा मधेश प्रदेशले विजयी सुरुआत गरेको हो।

उसले आयोजक गण्डकीलाई ४० रनले हराएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले पुरा ओभर खेल्दै आठ विकेटको क्षतिमा ७७ रन बनाएको थियो।

जवाफामा गण्डकीले १९ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३७ रन मात्र बनाउन सक्यो। गण्डकीकी शिला क्षेत्रीले सर्वाधिक १० रन बनाइन्। त्यतिबेला मधेशकी अनुराधा चौधरीले सर्वाधिक चार विकेट लिइन् भने शान्ति चौधरी र कविता गौतमले समान २-२ विकेट गिराए।

यता मधेशका सरस्वति कुमारीले १४ अविजित १५ रन बनाउँदा साना प्रविन र एलिशा यादवले समान १४-१४ रन बनाए। गण्डकीका आकृति तिवारी, कुशुम गोदर, शृष्टि जैशी र शिला क्षेत्रीले क्रमशः ३, २, १ र १ विकेट लिए। यो जितसँगै मधेशले दुई अंक जोडेको छ।

प्रकाशित: Oct 09, 2022| 13:56 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।