सोमबार, जेठ ६, २०८२

सिटिजन्सले सञ्‍चालन गर्‍यो हुम्लामा एटिएम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- 'योर पार्टनर फर प्रोग्रेस' भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्‍याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्लामा एटिएम सञ्चालनमा ल्याएको छ।

यसले गर्दा हुम्लामा जिल्लाका तथा यस क्षेत्रको वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ। 

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्