मंगलबार, जेठ ७, २०८२

जाडोमा कोरोनाबाट हुने मृत्यु र अस्पताल भर्नादर बढ्न सक्छ: डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ।
 |  बिहीबार, भदौ १६, २०७९

रासस

रासस

बिहीबार, भदौ १६, २०७९

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ।

हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिडका सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने डब्लुएचओको भनाइ छ। यसका साथै कोभिडका सङ्क्रमितको मृत्यु दर तथा उनीहरु अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ।

डब्लुएचओका महानिर्देशक टेड्रोस आधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँगको कुराकानीका क्रममा सो कुरा बताएका हुन्। उनले भने, ‘हामीले अहिले कोरोना भाइरसको घट्दो दरका साथमा यसको स्वागत गरिरहेका छौँ तर अबका दिनमा आउने चिसो मौसममा भने यस सङ्क्रमणको असर अझ बढी देखिन सक्छ। हामी अहिलेदेखि नै यसका लागि तयार रहनुपर्दछ।’

प्रकाशित: Sep 01, 2022| 13:04 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्