सोमबार, असार ३०, २०८२

नर्भिकका संरचना हटाउन महानगर प्रमुख बालेन्द्रको अल्टिमेटम, अस्पतालले नाइँ भन्यो

सरकारको नाममा दर्ता रहेको जग्गा अस्पतालले भाडामा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले हटाउन महानगरको ताकेता।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन्द्र साहले नर्भिक अस्पतालले नक्सापासबिनै निर्माण गरेका संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिएका छन्। सोमबार २४ घन्टाभित्र अस्पतालका संरचना हटाउन महानगरले निर्देशन दिएकामा मंगलबार मेयर बालेन्द्र आफैं नर्भिक पुगेका हुन्। 

‘१० दिन, १५ दिन, १ महिना कति लाग्छ समय दिनप¥यो,’ मेयर बालेन्द्रले भने, ‘अक्सिजन प्लान्ट झिक्दा बिरामीलाई  गाह्रो हुन्छ भन्ने कुरा अस्पतालबाट भनियो। नक्सापासबिनाका संरचना हटाउनैपर्छ,’ मेयर बालेन्द्रले भने। सबैलाई एउटै कानुन लागू हुने भन्दै मेयर बालेन्द्रले अस्पताल प्रशासनका प्रमुखसँग संरचनाबारे चासो राखेका थिए।

सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले सरकारको नाममा दर्ता रहेको जग्गा हस्पिटलले भाडामा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले हटाउन लागिएको बताए। नर्भिक पुगेका मेयर बालेन्द्रलाई अस्पतालका कर्मचारीले संरचना नभत्काइदिन आग्रह गरेका थिए।

नर्भिकले भन्यो : तत्काल भत्काउन सकिन्न 

काठमाडौं महानगरले २४ घन्टाभित्र नक्सापासबिना निर्माण गरिएका संरचना भत्काउन नर्भिकलाई निर्देशन दिए पनि अस्पताले संरचना तत्कालै भत्काउन नसकिने बताएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै नर्भिकका अध्यक्ष राजेन्द्रबहादुर सिंहले अस्पतालले बनाएको संरचना तत्काललै भत्काउन सम्भव नरहेको बताएका हुन्।

सिंहले २०६५ मा सरकारसँग सम्झौता गरी जग्गा लिजमा लिएको र उक्त सम्झौतामा जग्गाको स्वरूप बिगार्न नपाइने मात्र उल्लेख भएको सिंहले दाबी गरे। ‘बाटो नभएको जग्गा वार्षिक ३३ हजार रुपैयाँ भाडा दिने गरी सम्झौता भएको थियो,’ उनले भने, ‘प्रत्येक वर्षमा १० प्रतिशत भाडा बढ्ने सम्झौता भएको थियो।’ 

सम्झौताबमोजिम भाडा र नियमित कर अस्पतालले तिर्दै आएको र जग्गा लिएको १२ वर्ष भइसकेको र अझै ८  वर्ष बाँकी रहेको सिंहले सुनाए। उनले भने, ‘महानगरले भत्काउन भनेको जग्गामा अक्सिजन प्लान्ट, बिजुली, पानीजस्ता अत्यावश्यक वस्तु सप्लाइ भइरहेको छ। ती सबै कुरा तुरुन्त हटाउँदा अस्पतालको क्रिटिकल केयरमा रहेका बिरामीलाई तलमाथि भए को जिम्मेवार हुने?’

प्रकाशित: Aug 09, 2022| 15:15 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्