सोमबार, असार ३०, २०८२

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट सञ्चालन

सरकार प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको एक करोड ५० लाख लगानीमा स्थापना गरिएको हो।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

खोटाङ- जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ। प्रदेश नं १ सरकार प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको एक करोड ५० लाख लगानीमा स्थापना गरिएको हो।  

अस्पताल परिसरमा स्थापना गरिएको सो प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुने जिल्ला अस्पतालका बायोमेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले जानकारी दिइन्। मुन रक्स इन्टरनेशनल प्रालिले जडान गरेको प्लान्ट जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले औपचारिकरूपमा शुभारम्भ गरे।

अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएसँगै सिलिण्डरमा अक्सिजन भरेर प्रयोग गर्न सुरु गरिएको जनाइएको छ। प्लान्टबाट उत्पादन भएको अक्सिजन अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क तथा निजी अस्पताललाई प्रतिकेजी १५ मा बिक्री गर्ने निर्णय अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राईले जानकारी दिए। 


प्रकाशित: Aug 09, 2022| 09:10 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्