काठमाडौं– गिलासको पिँधमा दुई चम्चाजति वाइन। वाइन पिउने सुकिला गिलास। कोमल हातले समाएर ‘चियर्स’ गर्दैछन्, एक हुल विद्यार्थी र केही शिक्षकहरु। उनीहरु हुन्, बीएससी अन्तर्गत, इन्टरनेसनल टुरिजम एण्ड हस्पिटालिटि म्यानेजमेन्ट (बीएचएम) काठमाडौंका विद्यार्थी। वाइनको बारेमा जानकारी दिनको लागि कलेजले आयोजना गरेको ‘वाइन टेस्टिङ’ कार्यक्रममा उनीहरु सहभागी भएका हुन्।
कार्यक्रमको नेतृत्व गरेका छन् फुड एण्ड बेभरेज लिडर प्रकाश थापाले। थापाले विधार्थीहरुलाई वाइनको उत्पादन, प्रकार, स्वाद तथा सुगन्धको बारेमा जानकारी दिँदै थिए। ‘यो पाठ्यक्रमकै विषयवस्तु हो,’ उनले भने, ‘यहाँ विद्यार्थीलाई वाइन टेष्ट गर्न लगाउँछौँ र त्यससम्बन्धी जानकारी दिने काम हुन्छ।’
०००
इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आईएसएमटी) कलेज नेपालमा विगत १० वर्षदेखि सञ्चालित छ। प्रमुख कार्यालय तथा विद्यालय तीनकुने काठमाडौंमा अवस्थित छ। उपत्यका बाहिर पोखरा, विराटनगर, चितवन र बुटवलबाट पनि यो कलेजले शैक्षिक सेवा प्रवाह गर्दै आइरहेको छ।
कलेजमा एसीसीए, बिएससी आइटी, बीबीए, बीएचएमको पढाइ हुन्छ। आईएसएमटीले बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। आईएसएमटी कलेज युनिभर्सिटी अफ सन्डरल्यान्डबाट नेपालमा नै पहिलो सम्बन्धन प्राप्त शैक्षिक संस्था हो।
विदेशी डिग्रीका लागि विद्यार्थीहरूलाई नेपालमा नै अध्ययन गराउने उद्देश्यसहित आईएसएमटी कलेज सञ्चालनमा ल्याइएको बिजनेस डिपार्टमेन्टका प्रमुख वासुदेश वस्तीले बताए। विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीको संख्या बढ्दै गएको अवस्थामा आफ्नै देशबाट विदेशी डिग्री विद्यार्थीमाझ पस्किन पाउँदा गर्व महशुस भएको उनले बताए। ‘विदेशी डिग्रीको भविष्य विश्वभर छ,’ उनले भने, ‘यसले राम्रो जनशक्ति उत्पादन गर्न सहयोग गर्छ । त्यसका लागि नेपालमा भएका राम्रा कलेजमध्ये एक हो, आईएसएमटी ।’
पछिल्लो समय विद्यार्थीमा विदेशी डिग्री लिने इच्छा बढ्दो छ। नेपाली विद्यार्थीमा पनि युकेको क्वालिफिकेशन चासो बढ्दै गएको उनले बताए। ‘युकेको क्वालिफिकेशन विश्व बजारमा नै चर्चित र आकर्षक बनेको छ। नेपाली विद्यार्थी क्रेजी नै छन्,’ उनले भने।
नेपालबाट बाहिर पढ्न जाने विद्यार्थीको संख्या पनि त्यत्तिकै मात्रामा रहेको छ। कतिपय विद्यार्थी आर्थिक अवस्थाका कारण इच्छा भए पनि बाहिर जानबाट वञ्चित पनि छन्। आईएसएमटिले बाहिर पलायन हुने विद्यार्थीको संख्या कम गुर्नका साथै कमजोर आर्थिक अवस्थाका कारण विदेशमा गएर पढाइ पूरा गर्न नसक्ने विद्यार्थीको सपना पूरा गर्ने माध्यम बनेको वस्तीले बताए। ‘नेपालमा आफ्नै परिवारसँग बसेर विश्वप्रसिद्ध कोर्स गर्न सकिने भयो। अर्काेतर्फ शिक्षाको नामबाट बाहिरिने रकम पनि स्वदेशमा नै रहने हुँदा एउटा सामान्य विद्यार्थीदेखि राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्छ,’ उनले भने।
किन आईएसएमटी नै?
कलेजले नेपाली अभिभावकको आयस्रोतको पहुँचले पुग्ने गरि ब्रिटिस शिक्षा नेपालबाटै प्रदान गर्ने भएकाले आईएसएमटी रोज्नुपर्ने वस्ती बताउँछन्। उनका अनुसार समयसापेक्ष परिर्वतन हुने बजार माग अनुसार कलेजले अध्ययन गराउँछ। नेपाली शिक्षा क्षेत्रमा लामो पुस्ताले एउटै कोर्ष अध्ययन गर्दै आएको पाइन्छ।
तर यो कलेजले भने हरेक दुई/दुई वर्षमा पाठ्यक्रम परिर्वतन गर्दै आएको वस्तीले बताए। विद्यार्थी पास आउट हुँदा बजारको माग के रहन्छ, त्यहि अनुसारको जनशक्ति उत्पादन गर्ने पाठ्यक्रम आईएसएमटीको रहेको दाबी उनले गरे। जुन पाठ्यक्रम सम्बन्धित विद्यामा अध्यापन गराउने विद्यालयको तुलनामा नेपालमै राम्रोभन्दा पनि उत्कृष्ट भएको उनले बताए।
क्रेडिट ट्रान्सफरको सुविधा
आईएसएमटीले ब्रिटिस क्वालिफिकेसन अध्यापन गराउने भएकाले विद्यार्थीले नेपालबाटै तथा अमेरिका, बेलायत, अस्ट्रेलियालगायतका देशका चर्चित विश्वविद्यालय तथा कलेजहरूमा ब्याचलर कोर्सलाई पूरा गर्ने अवसर पाउँछन् । आईएसएमटीमा अध्ययनरत विद्यार्थी विविध कारणले बाहिर गएर पढ्न चाहेको खण्डमा कलेजले नै उनीहरुलाई पठाउने छ। अर्थात् पहिलो, दोस्रो वर्ष आईएसएमटीमा पढेर विदेशमा गई ब्याचलरलाई निरन्तरता दिन चाहेमा कलेजले सहजिकरण गरिदिन्छ।
वस्तीका अनुसार पछिल्लो समय अमेरिका लगायत अन्य विदेशका विश्वविद्यालयले धेरै विद्यार्थीहरु अस्विकार गरेको छ। तर सोही युनिभर्सिटिको पाठ्यक्रम पढ्दै गरेको विद्यार्थी रिजेक्ट हुने सम्भावना नहुने उनको भनाइ छ।
कस्तो छ शुल्क संरचना?
विद्यार्थीले शैक्षिक शुल्क ६–६ महिनामा तिर्न पनि सक्छन् भने एकैपटक अग्रिम पनि भुक्तानी गर्छन्। अग्रिम भुक्तानी गर्दा कलेजले १० प्रतिशतसम्मको छुट समेत दिने गरेको छ।
कलेजको भर्ना शुल्क ९० हजार रहेको छ। बीएचएम र बीबीएको लागि भर्ना शुल्कपछि हरेक ६–६ महिनामा ८५ हजार रुपैयाँ तिर्नुपर्छ । तीनवर्षे कोर्ष कुल ८ लाख ९७ हजारमा सम्पन्न हुन्छ। बीएससी आईटीको लागि प्रत्येक सेमेस्टरको शुल्क १ लाख रुपैयाँ रहेको छ। तीन वर्षे कोर्ष कुल ९ लाख ९७ हजार रुपैयाँमा सम्पन्न हुन्छ। हाल काठमाडौंमा मात्रै १५ सय बढी विद्यार्थी अध्ययनरत रहेको कलेजले जनाएको छ।