सोमबार, असार २, २०८२

जब ३० लाख ठगिएकी आमाले प्रहरीलाई सेलरोटी बाँडिन्

मनकुमारी राजभण्डारी (नाम परिवर्तन) कसरी अनलाइनबाट ठगिन पुगिन्? सेल खुवाइसकेपछि हामीले उनीसँग जिज्ञासा राख्यौं। त्यसपछि परिचय नखुलाइदिने सर्तमा उनी हामीसँग खुल्न तयार भइन्।
 |  बिहीबार, वैशाख ८, २०७९

अनिल यादव

अनिल यादव

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- बिहीबार मध्याह्नको एक बजे। नयाँ बानेश्वरस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयमा पुग्दा त्यहाँ एक वृद्धा सेलरोटी र अचारले भरिएको कार्टुन बिसाउँदै थिइन्। 

म सरासर एसपी कृष्ण कोइरालाको कक्षभित्र पसेँ। ‘नमस्कार सर’ भन्दै उनी त्यहीँ आइपुगिन्। विस्तारै थाहा भयो, उनी केही महिनाअघि अनलाइन ठगीको उजुरीसहित महाशाखा आइपुगेकी पीडित रहिछिन्। त्यसैले कोइराला सरसँग उनको पुरानै चिनजान रहेछ। 

७० वर्ष टेक्दै गरेकी ती वृद्धाले भन्न थालिन्, ‘सर, अस्तिदेखि आउने भन्दा आउनै पाइनँ। ढिलै भएपनि घरमा आफैँ रोटी र अचार बनाएर ल्याएकी छु। सबैले यो आमाको प्रसाद सम्झेर खाइदिनुपर्‍यो।’ 

विभिन्न माध्यमबाट ठगिएकाहरु पछि रकम फिर्ता भएपछि लड्डु बोकेर आएको त कोइरालालाई थाहा थियो। तर, यसरी कार्टुनभरि सेलरोटी पकाएर ल्याउने पीडित चाँहि उनी पहिलो नै थिइन्। 

प्रहरीप्रति किन यति अनुग्रहित भइरहेकी थिइन् त उनी? जिज्ञासा स्वाभाविक थियो। 

‘उहाँको अनलाइनबाट ३० लाख रुपैयाँ ठगिएको थियो। साढे १७ लाख फिर्ता दिलाउन सफल भयौं। त्यही खुशीमा प्रसाद ल्याउनुभएको रे,’ एसपी कोइरालाले सेल बोकेर ल्याउनुको रहस्य प्रष्ट पारे।  

काठमाडौंस्थित बाँसबारी घर भएकी उनी बिहान सबेरै उठेर सेल पकाउन जुटेकी रहिछिन्। ‘म आफैँले पकाएको, नपत्याए हेर्नुस् है’ भन्दै उनले हामीलाई तस्बिर नै देखाइन्।

आश मारेको पैसा आधा भएपनि १५ दिनअघि फिर्ता पाएकोमा औधी खुशी रहिछन् उनी। भन्दै थिइन्, ‘म त डिप्रेसनमै गइसकेकी थिएँ। एक रुपैयाँ फिर्ता आउँला भन्ने आश थिएन। तर पाएँ। यो सब प्रहरी सरहरुको मेहनेतले भएको हो। त्यसैले प्रसाद खुवाउन आ’को।’

प्रकाशित: Apr 21, 2022| 22:16 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।