काठमाडौं- स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी बिहीबार दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। महानिर्देशक ट्रेडोसको टोलीमा विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम खेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा. शम्भु आचार्य पनि सहभागी छन्।
नेपालमा विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटघाट गर्नेछन्।
विश्व स्वास्थ्य संगठनका प्रमुख ट्रेडोसको यो पहिलो नेपाल भ्रमण हो। यसअघि उनी इथोपियाको स्वास्थ्य मन्त्री हुँदा नेपाल आएर बूढानीलकण्ठस्थित प्राथमिक स्वास्थ्य केन्द्र अवलोकन गरेका थिए।