सोमबार, जेठ २७, २०८२

'हजारौं खेलाडी जन्माउन पनि नेपाल विश्वकपमा पुग्नुपर्छ'

‘यो धेरै राम्रो अवसर हो। विश्वकप खेल्नु देशकै लागि महत्वपूर्ण छ। २०१४ मा नेपालले क्रिकेटको विश्वकप खेलेपछि यहाँ क्रिकेटको परिभाषा नै परिवर्तन भएको थियो। यो विश्वकप खेल्न पायौँ भने त्यस्तै नयाँ हुने आशा छ,’ कप्तान सन्दीपले थपे।
 |  मंगलबार, माघ १८, २०७८

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, माघ १८, २०७८

टी-२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाली क्रिकेट टिम यतिबेला त्रिवि क्रिकेट मैदानमा अभ्यासरत छ। अभ्यास सकेर ओमन प्रस्थान गर्ने दिन अब धेरै टाढा छैन। कप्तान सन्दीप लामिछानेसहित ६ खेलाडीमा कोभिड-१९ को संक्रमण देखिएपछि सबै खेलाडीको तयारी सँगसँगै हुन भने पाएको छैन। 

‘चार दिन भयो आइसोलेसनमा बसेको। मैले अभ्यास गरिसकेको छु। ३–४ वटा टिम मिटिङ (अनलाइन) पनि गरिसकेको छु। टिमको सबै पक्षको बारेमा थाहा भइसकेको छ। मलाई छिटै खेल्न मन छ,’ नेपाली टिमका कप्तान लामिछनेले सोमबार भने।

नेपालले ग्लोबल छनोटअघि चार देश सम्मिलित सिरिज पनि खेल्नेछ। त्यो नेपाली टिमको तयारीका रुपमा रहनेछ। त्यो सिरिजसम्म नेपाली टिमले ९५ प्रतिशत तयारी गरिसक्ने सन्दीप बताउँछन्। ‘सिरिज हुनु अघि ९५ प्रतिशत तयारी गर्नेछौं। चार/पाँच दिनको अभ्यास ओमनमा पनि हुन्छ,’ सन्दीपले भने। 

यता नेपाली टिमका मुख्य प्रशिक्षक पनि छनोटलाई लिएर आशावादी नै छन्। ‘तयारी ठिकठाक चलिरहेको छ। छोटो सयममा धेरै तयारी गर्नुपर्ने भयो। छनोट राम्रो होला भन्ने आशा गर्दछु,’ सोमबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा पुबुदु दासानायकेले भने।

विश्वकप पुग्नु कति महत्वपूर्ण?

सन् २०१४ मा नेपालले विश्वकप खेलेपछि त्यसबाट अहिलेका कप्तान सन्दीप लामिछाने निकै प्रभावित बनेका थिए। त्यसपछि उनले क्रिकेटर बन्ने लक्ष्य लिएर खेल्न सुरु गरेका हुन्। 

नेपालले पहिलो पटक विश्वकप खेलेको आठ वर्षपछि सन्दीप आफैंले नेपालको कप्तानी गरिरहेका छन्। उनलाई अब नेपाली टिमलाई विश्वकपमा पुर्‍याउने जिम्मेवारी पनि छ। अब नेपालले विश्वपसम्मको यात्रा तय गरेमा त्यो नेपालका लागि धेरै महत्वपूर्ण हुने उनको भनाइ छ। 

‘यो धेरै राम्रो अवसर हो। विश्वकप खेल्नु देशकै लागि महत्वपूर्ण छ। २०१४ मा नेपालले क्रिकेटको विश्वकप खेलेपछि यहाँ क्रिकेटको परिभाषा नै परिवर्तन भएको थियो। यो विश्वकप खेल्न पायौँ भने त्यस्तै नयाँ हुने आशा छ,’ कप्तान सन्दीपले थपे, 'विश्वकप खेल्ने सोचले नै म यहाँसम्म आइपुगेको छु। म अब राम्रो अवसरको खोजीमा हुनेछु। त्यो अवसर भनेको विश्वकप हो। हामी विश्वकपमा पुग्यौँ भने हजारौँ नयाँ खेलाडीलाई जन्माउने सहयोग गर्नेछ। नेपाली क्रिकेटका लागि पनि त्यो राम्रो हो नि।’

विश्वकपमा पुग्नु सन्दीप व्यक्तिगत रुपमा पनि धेरै राम्रो अवसर रहेको सन्दीप बताउँछन्। छनोटमै राम्रो टिमविरुद्ध खेलर जित निकाल्दै विश्वकप पुग्ने कप्तानीको अवसर नगुमाउने पक्षमा छन् सन्दीप पनि।

प्रशिक्षकका रुपमा विश्वकपमा पुग्नु तपाईंका लागि कति ठूलो कुरा हो? र, त्यसका लागि कति दबाब छ? जवाफमा प्रशिक्षक  पुबुदुले भने, ‘मलाई दबाब चाहिँ छैन। म सँधै आफ्नो अधिक दिने गर्दछु। मेरो व्यक्तिगत एजेन्डा केही छैन। मेरो नर्मल दिन जसरी नै अभ्यासमा गइरहेको छु। म त आफ्नो पूरा शक्ति लगाउनेछु। म शतप्रतिशत दिन चाहन्छु र विश्वकप पुग्न चाहन्छु। किनभने विश्वकपमा पुग्नु नेपालका लागि ठूलो अवसर हो।’

अहिले नेपाली टिमका प्रशिक्षक पुबुदुले निकालेको १५ जनाको लिस्टमा नभएका खेलाडीले पनि अभ्यास गरिरहेका छन्। अभ्यासमा भएका र आवश्यक पर्न सक्ने खेलाडीलाई क्यानले बहिर पठाएको छैन। त्यसपछि लिग दुईको लागि पनि तयारी गर्नुपर्ने अवस्था छ।

‘अहिले त खेलाडी परिवर्नन गर्ने अवस्था छैन। गर्नुपर्ने पनि छैन। तर कोभिडले अवस्था सहज पनि छैन। त्यसैले थप खेलाडी अभ्यास गरिरहेका छन्। साथै क्याम्प भएका खेलाडीलाई अर्को सिरिजको तयारीका लागि पनि राखेको हो,’ सन्दीपले भने।

त्यो महत्वपूर्ण विश्वकप खेल्नका लागि ब्याटिङ, बलिङ, फिल्डिङ साथै टिमको समग्र तयारी कसरी भइरहेको छ? जवाफमा कप्तान सन्दीप भन्छन्, ‘टिममा सबै क्षेत्र कभर भइरहेका छन्। फास्ट बलर चाहिँ मिस गर्नेछौं। तर म आफूसहित टिमको स्पिनर छ। पछिल्लो खेल हेर्ने हो भने ब्याटिङ त राम्रो नै रहेको देखिन्छ। ओपनर र टप अर्डरले राम्रो ब्याटिङ गरिरहेका छन्। मलाई लाग्छ कप्तानीको हिसाबले यो टिमलाई लिड गर्न गर्व लाग्नेछ।’

विश्वकप यात्रा

नेपाल विश्वकप छनोटमा अन्तिम चरणमा छ। आउँदो फेब्रुअरी १७ तारिखबाट ओमनमा ग्लोबल छनोट हुँदैछ। त्यो विश्पकपको अन्तिम चरणको छनोट हो। सो छनोटमा १६ टिम सहभागी हुनेछन्।

‘छनोटमा १४ वा १६ टिम हुन्छन् भने त्यो गाह्रो कुरा हो। हामीले समूह चरण पार गरेर सेमिफाइनलमा पनि जित निकाल्नु पर्नेछ,’ छनोटबारे प्रशिक्षक पुबुदु भन्छन्।

त्यसलाई समान ८–८ टिमका दुई समूहमा बाँडिएका छन्। समूह १ र समूह २। नेपाल समूह १ मा रहेको छ। समूह १ मा रहने अन्य टिममा क्यानडा, ओमन, फिलिपिन्स, बहराइन, जर्मन, आयरल्यान्ड र युनाइडेड अरब इमिरेट्स।

समूह १ का आठ टिमलाई पनि दुई समूहमा विभाजन गरिएको छ। समूह ए र समूह बी। नेपाल समूह ए मा रहेको छ। समूह ए मा नेपालसहित क्यानडा, ओमन र फिलिपिन्स रहेका छन्। बाँकी चार टिम समूह बीमा छन्।

अब छनोट खेलमा सबैभन्दा पहिला समूह ए का सबै टिमले आपसमा १–१ खेल खेल्नेछन्। त्यसरी खेल्दा सबै टिमले समान ३–३ खेल खेल्नेछन्। ती खेलबाट शीर्ष दुईमा रहने टिम समूह १ को सेमिफाइनलमा पुग्नेछ।

सेमिफाइनलमा समूह 'बी'बाट पनि दुई टिम हुनेछन्। सेमिफाइनलमा जित निकाल्ने टिमले फाइनल खेल्ने पाउनेछ। त्यहि फाइनल खेल्ने दुई टिम विश्वकपमा पनि पुग्नेछन्। फाइनलमा हार बेहोरे पनि जित निकाले पनि त्यो टिमले आगामी संस्करणको विश्वकप खेल्नेछ।

‘यो छनोट चुनौती पनि हो। आठ टिमबाट बेस्ट दुई टिमले विश्वकप खेल्नेछन्। ओमन र यूएई निकै बलियो टिम पनि हुन्। हामी यसलाई सकारातम रुपमा लिएको छौँ। तर त्यसलाई जित्ने कोसिस गर्दै अघि बढ्नेछौं,’ प्रशिक्षक पुबुदुले भने।

नेपालको समूहमा ओमन र क्यानडा बलिया प्रतिद्वन्द्वी हुन्। उनीहरुले नेपाललाई गाह्रो पार्न सक्नेछन्। ‘ओमनले डिसेन्ट क्रिकेट खेलिरहेको छ। तर हामी पनि त्यो टिमभन्दा टाढा छैनौँ,’ प्रशिक्षक पुबुदुले भने, ‘क्यानडा पनि राम्रो टिम हो। उसले राम्रो गरिरहेको छ। फिलिपिन्सलाई पनि नराम्रो भन्न मिल्दैछ। टी–२० मा केही भन्न पनि सकिँदैन।’

यससँगै अर्को समूह-२ को छनोट भने जिम्बावेमा हुनेछ। त्यो छनोटमा पनि आठ टिम नै सहभागी बन्नेछन्। हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा, अमेरिका र जिम्बावे ति आठ टिममा रहेका छन्। आठ टिमबाट पनि दुई टिम विश्वकपमा पुग्नेछन्। यससँगै आगामी विश्वकपमा सहभागी हुने १६ देशको कोटा पुग्नेछ।

चार देशीय सिरिज

विश्वकप छनोटअघि नेपालले चार देशीय मैत्रीपूर्ण खेल पनि खेल्ने भएको छ। ओमनमै हुने चार देशीय प्रतियोगितामा नेपाल, ओमन, यूएई र आयरल्यान्ड सहभागी बन्नेछन्।

‘चार देशीय प्रतियोगिता हो। त्यहाँ बलिया टिम छन्। बलियो टिमसँग खेल्दा हामीलाई फाइदा नै हुनेछ जस्तो लागेको छ। हामी राम्रो खेल्ने कोसिस गर्नेछौं। र यो प्रतियोगिता कसरी सेटअप भयो त्यसमा म खुसी छु,’ चार देशको सिरिजलाई लिएर पुबुदु भन्छन्।

त्यस्तै, यो चार देशीय सिरिजमा सन्दीपले पनि कप्तानीका रुपमा आफूलाई परिक्षण गर्ने अवसर पाउनेछन्।

‘हामी आफूलाई एक्सपोज गरिहँदा विपक्षीले पनि त्यस्तै गरिरहेको हुन्छ। पहिलो पटक लडरसिपको कारण गाह्रो हुन सक्छ। तर त्यसलाई मेन्टल्ली समेट्न अप्ठ्यारो चाहिँ भएको छैन,’ उनले भने, ‘सबैका आआफ्नै तरिका फरक हुन्छ। नतिजा निकाल्नु मुख्य कुरा हो। छिटो कम्युनिकेट गर्नुपर्ने भइरहेको छ। दबाब जति आउँछ त्यति नै राम्रो जतिबेला हामी आफूलाई प्रमाणित गर्न सक्छौं।’

सिरिजको पहिलो दिन फेब्रुअरी ११ मा नेपालले आयोजक ओमनको सामना गर्नेछ। त्यस्तै, नेपालले दोस्रो खेल फेब्रुअरी १४ मा आयरल्यान्डसँगै खेल्नेछ।

चार देशीय सिरिजको अन्तिम खेलमा नेपालले यूएईको सामना गर्नेछ। कप्तान लामिछाने चार देशीय सिरिजनमा सबै खेलाडीलाई उतिनै अवसर दिने बताएका छन्। र, त्यो प्रतियोगिताबाट बेस्ट पोसिबल हामी छान्ने पनि बताएका छन्। उनले सबै खेलाडी अनुभवी भएकाले आफूलाई कप्तान गर्न गाह्रो नहुने पनि बताएका छन्।

नेपालको टिमको अवस्था

सोमपाल कामी अहिले टिममा छैनन। त्यसले टिमलाई केही गाह्रो बनाएको छ। उनी महत्वपूर्ण फास्ट बलर हुन्। 

‘अहिले टिमको फास्टबलमा धेरै ट्यालेन्ट खेलाडी छैनन। जसले अन्तिम सिरिसज पनि खेलेका छैनन्, ती खेलाडी छन्,’ प्रशिक्षक पुबुदु भन्छन्, ‘म यो बेलामा खेलाडीलाई खेलमा फोकस गर्न आग्रह गर्दछु। र, आशा गर्दछु हामी डिसेन्ट बलिङ गर्नेछौं।’

सोमपाल नभए पनि अन्य सिनियर खेलाडीले टिमलाई सहयोग पुग्ने सन्दीप बताउँछन्। उनले भने, ‘सिनियर खेलाडीको उपस्थिति राम्रो कुरा हो। सिनियरले मलाई सहयोग गर्नुहुन्छ। राम्रो नतिजा निकाल्नका लागि सबैको अनुभव काम लाग्छ।’

सन्दीपले विदेशमा खेल्न र एक्पोजरका लागि पनि खेल जित्नुपर्ने बताएका छन्। ‘खेलाडीले ठूलो लिग खेल्नका लागि नेपालले अब आउने जति खेल हुन्छ त्यो जित्न जरुरी छ। भोली गएर पहिलो हाम्रो गोल भनेको नै धेरै खेल्नु हो। र, धेरै उपलब्धि हाँसिल गर्नु हो,’ उनले भने।

जसरी भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा हार व्यहोर्दा वा जित निकाल्दा भारत बाहिरका मानिसलाई पनि प्रभाव पार्छ त्यसैगरी नेपालले पनि विदेशी फ्यान कमाउने किसिमको प्रदर्शन गर्नुपर्ने सन्दीपको मत छ। ‘नेपाललाई विश्वमा चिनाउने चाहना छ। विदेशीले पनि नेपाली क्रिकेट टिमको समर्थन गरुन्,’ उनले भने।

अहिले नेपाली टिममा निर्धक्कसँग खेल्ने खेलाडीको संख्या बढेको छ। नेपाली खेलाडीको पावर हिटिङ बढेको प्रशिक्षक पुबुदु बताउँछन्। उनले लोकेशको उदाहरण दिँदै यो कुरा बताएका छन्। लोकेशले पीएम कपको एक खेलमा १८ बलमा ६६ रन बनाएका थिए।

‘लोकेश र विवेक(यादव) नेपालका युवा ट्यालेन्ट हुन्। उनीहरुलाई परीक्षण गर्न गरिरहेका छौं। कम्बिनेसमा पनि टेस्ट हुन्छ। हामी बलिङमा पनि तयारी राम्रो गरिररहेका छौं। म धेरै खुसी छु। पछिल्लो दुई तीन हप्तमा खेलाडीहरुले गरेको कममा म खुसी रहेको छु,’ उनले भने, ‘पछिल्लो महिना उनले नेपाली टिमको स्तर देखेर निकै खुसी महशुस गरेको बताएका छन्। पावर हिटिङ शक्ति बढेको छ। कम्बिनेसन र ओपनिङमा सुभार भएको छ। खेलाडी छान्नका लागि धेरै गाह्रो भयो।’

प्रकाशित: Feb 01, 2022| 10:37 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।