बुधबार, असार २५, २०८२

कर्मचारीको अभाव झेल्दै गाउँपालिका

अछामको रामारोशन गाउँपालिकामा ६२ जना कर्मचारीको दरबन्दी रहेको छ। यो गाउँपालिकामा अहिले १५ जना स्थायी कर्मचारी मात्रै छन्।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

अछाम- अछामको रामारोशन गाउँपालिकामा ६२ जना कर्मचारीको दरबन्दी रहेको छ। यो गाउँपालिकामा अहिले १५ जना स्थायी कर्मचारी मात्रै छन्। बाँकी ४७ जना कर्मचारीको अभाव गाउँपालिकाले करारमा कर्मचारी नियुक्त गरेर पूरा गरेको छ भने वडा कार्यालय र गाउँपालिकाको प्रशासन गरी दुई क्षेत्र एउटै कर्मचारीले सम्हालेको छ। 

अहिले पनि गाउँपालिकाका पाँच वडा कार्यालय वडा सचिवविहीन छन्। वडा नं ३ र ४ मा वडा सचिव भए पनि अन्य पाँचवटा वडा कार्यालयको जिम्मा शिक्षा शाखा, स्वस्थ्य शाखा तथा अन्य शाखामा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारी दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारी बताए।

ग्रामीण क्षेत्रमा कर्मचारीहरु जान भने मान्दैनन्। अछामका अधिकांश स्थानीय तह अहिले पनि निमित्तकै भरमा चलेका छन्। संघीय संरचनामा देश गइसकेको भए पनि अझै कर्मचारी व्यवस्थापनमा भने निकै ढिलाइ हुँदै आएको छ। एकातिर दरबन्दीअनुसार कर्मचारी नहुनु समस्या छ भने अर्कोतिर सम्बन्धित कार्यक्षेत्रमा नगई बिदामै बसेर आफ्नो काज मिलाउनसमेत कैयौँ कर्मचारीहरुले गर्दै आएका छन्। त्यसको मारमा रामारोशन गाउँपालिका पनि परेको छ।

 'कर्मचारी अभावका कारण सेवाग्राहीको कार्य सम्पादनमा निकै समस्या रहँदै आएको छ। अर्कोतिर सेवाग्राहीलाई पनि निकै सास्ती हुँदै आएको छ,' निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने,  'गाउँपालिकाका शाखामा कार्यरत कर्मचारीहरुले शाखाको काम गर्नुपर्ने बाध्यता भएका कारण गाउँपालिकामै बस्नुपर्ने र वडा कार्यालयमा जानसक्ने अवस्था नरहेकाले पनि सेवाग्राहीले वडाबाटै हुने कामका लागि पनि गाउँपालिका पुग्नुपर्ने बाध्यता छ।'

उनले संघीय र प्रदेश सरकारलाई पनि पटकपटक कर्मचारी व्यवस्थापनका लागि आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको बताएका छन्। 

त्यही क्षेत्रबाट निजामतीमा प्रवेश गरेका कर्मचारीहरुले दुर्गम रोजे पनि बाहिरबाट कर्मचारीलाई ल्याएर व्यवस्थापन गर्न निकै चुनौती देखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारी बताउछन्। 'कर्मचारी आउँछन् तर आउने समयमै सरुवा ल्याएर आउने र हाजिर लगाएर सरुवा हुने गरेका छन्,' भण्डारीले भने, 'त्यस्तै परे एकदुई महिना बस्छन्। त्यसपछि फेरि अन्य शाखाको कर्मचारीहरुलाई जिम्मेवारी दिनुको अर्को विकल्प हुँदैन।'

प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहेको गाउँपालिकामा अहिलेसम्म दुईजना प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा उपस्थित भए पनि उनीहरु दुईचार महिनामै सरुवा भएर गएपछि २०७६ सालदेखि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा छ।  

प्रकाशित: Jan 29, 2022| 23:00 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।