बिहीबार, असार २६, २०८२

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा ३ मत खसेन

प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका तीन सिटका लागि बुधबार निर्वाचन सम्पन्न भएको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

विराटनगर– प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका तीन सिटका लागि बुधबार निर्वाचन सम्पन्न भएको छ। निर्वाचनमा तीन मत खसेन। स्थानीय तहको २ र एक प्रदेश सांसदको मत नखसेको  हो। 

स्थानीय तहतर्फ २७० र प्रदेश सभा सदस्यतर्फ ९१ मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले बताए। बाली संरक्षण प्रयोगशाला र प्रदेश निर्वाचन कार्यालयमा आज भएको  मतदानमा झापाको गौरीगञ्ज गाउँपालिका प्रमुख बाबुराम श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की अनुपस्थित भए। श्रेष्ठ छोरीको विवाह र कार्की स्वास्थ्य सम्बन्धी समस्याका कारण निर्वाचनमा मत खसाल्न आएनन्। सरकारी कागज किर्ते मुद्दामा फरार रहेकी एमाले सांसद गुलेफुन मिया पनि मत हाल्न आइनन्।  

प्रदेश १ मा तीन सिटका लागि मतदान भएको हो। तीन सिटका लागि सत्ता गठबन्धन, एमाले र राप्रपाका गरि ८ जना उम्मेदवार प्रतिष्पर्धामा छन्। अन्य, महिला र अपांगता वा अल्पसंख्यक गरी तीन सिटका लागि गठबन्धनका तर्फबाट अन्य समूहमा नेपाली कांग्रेसका गोपालकुमार बस्नेत, महिलामा नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपाङ्गता वा अल्पसंख्यकमा जनता समाजवादी पार्टीका हेमराज राई, नेकपा एमालेबाट अन्यमा गुरु बराल, महिलामा सुमित्रा सुवेदी भण्डारी र अपांगता वा अल्पसंख्यकमा सोनाम गेल्जेन शेर्पा, राप्रपाबाट अन्यमा अम्बरबहादुर विष्ट र महिलामा रञ्जु प्याकुरेल प्रतिष्पर्धामा छन्। मतगणना आजै सुरु हुनेछ।


प्रकाशित: Jan 26, 2022| 15:55 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।