काठमाडौं। भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले उत्तराखण्डको उत्तरकाशीमा गत साउन २० आएको बाढीपहिरोमा परेर बेपत्ता भएका २६ नेपालीको सूची सार्वजनिक गरेको छ।
दूतावासले गढवाल जिल्लामा पर्ने उत्तरकाशीमा गत साउन २० र २१ म आएको भेलबाढीमा परेर हराइरहेकाको सूची सार्वजनिक गरेको हो।
दूतावासको सूचीमा उल्लेख भएअनुसार बाढीमा बेपत्ता हुने नेपाली नागरिकमा २५ वर्षीय रवि सिंह, ४० वर्षीय करण बहादुर, रोविन सिंह, गगनबहादुर, गोरख बहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, ४५ वर्षीय जनकबहादुर शाही छन्।
यस्तै थर नखुलेका प्रभात, केशव पनि सम्पर्कविहीन रहेको दूतावासले जनाएको छ।
निर्मला खड्का, ६० वर्षीय लक्ष्मण, २४ वर्षीय सुवास विश्वकर्मा, २४ वर्षकै रमेश, २२ वर्षीया प्रिया पनि बेपत्ताको सूचीमा छन्।
यसैगरी सुरज राना, निमबहादुर, सन्ध्या खड्कालगायत पनि बाढीमा परेर बेपत्ता भएका छन्।
