सिद्धार्थ हस्पिटालिटी स्थापनाको समय र सन्तोष न्यौपानेको उमेरबीच जम्मा आठ वर्षको अन्तर छ। सन्तोष हुर्कंदै गर्दा जन्मिएको सिद्धार्थ यतिबेला मुलुकभर विस्तार हुँदै विदेशसम्म पुग्ने तरखरमा छ। अहिले सन्तोष सिद्धार्थको विस्तार भइरहेको व्यवसायको प्रमुख कडी बनेका छन्। अर्थात्, आफूसँगै हुर्किएको सिद्धार्थलाई स्वदेश र विदेशमा फैलाउनमा उनले महत्त्वपूर्ण भूमिका वहन गर्दै आएका छन्।
सिद्धार्थले आधिकारिक रूपमा हस्पिटालिटी व्यवसाय सुुरु गरेको २०५५ लाई लिए पनि न्यौपाने परिवारले होटल सुरु गरेको भने २०४७ मै हो। तत्कालीन समय गुल्मीको तम्घासमा बुबा-आमाले सञ्चालन गरिरहेको हुँगेली होटल होटलमा सन्तोष जन्मिएका थिए। उनको बाल्यकाल होटलमै बित्यो भन्दा फरक पर्दैन।
‘मेरो जीवनको अधिकांश समय होटलमै बितेको छ। यस अवधिमा जम्माजम्मी पाँच वर्ष मात्रै घर बसे हुँला’, उनले भने। होटलमै जन्मिएको र हुर्किए पनि यसलप्रतिको उनको लगाव भने सकारात्मक थिएन किनकि बाल्यकालमा बुबाआमाले होटलमा गरेको दुःख देख्दा भविष्यमा यो खाले काम गरे उँभो लागिँदैन भन्ने लाग्थ्यो, उनलाई।
‘त्यो बेला बुबाआमा बिहान ४/५ बजे उठ्ने र राती १२ बजेसम्म काम गर्नुहुन्थ्यो। शनिबार र बिदाका दिन आउँथे/जान्थे तर उहाँहरूलाई फुर्सद हुन्थेन। म आफैँ होटलमै बस्ने भएकाले त्यहाँका सबै काम देखिन्थ्यो’, सन्तोषले विगत सम्झिँदै भने।
-1754306203.jpg)
त्यसैले सकेसम्म होटलियर बन्ने उनको सोचमै थिएन। तर, समयले सन्तोष मात्रै होइन, सिंगो परिवारलाई होटल शुभ भयो। अन्ततः उनी सिद्धार्थको फैलिँदो साम्राज्यका हिस्सा बनेरै छाडे। अहिले उनी सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन्।
उनका बुबा विष्णु न्यौपाने परिवारकै जेठा हुन्। उनी अहिले सिद्धार्थ ग्रुपको अभिभावक बनेका छन्। माइला बुबा लक्ष्मण अध्यक्ष छन्। सन्तोष हुर्किंदै जाँदा सिंगो परिवार नै सिद्धार्थमा जोडिन थाल्यो। कैलालीको टीकापुरसँगै अन्यत्र पनि सिद्धार्थका नाममा होटल खुल्न थाले।
सन्तोषले ४ कक्षामा पढ्दै गर्दा हजुरबुबालाई क्यान्सर भयो। हजुरबुबाको उपचारका लागि बुबा काठमाडौं जानुपर्ने भयो। हजुरबुबाको उपचार चलिरहँदा सन्तोष तम्घास फर्किए।
त्यतिबेला उनका बुबा र अंकल (काका)ले टीकापुरमा होटल सञ्चालन गरेका थिए। सन्तोष कक्षा ४ मा पढ्ने क्रममा सोही होटलमा एक वर्ष जति बसे। ‘टीकापुरमा त्यो बेला बगैंचासहितको राम्रो होटल हाम्रै थियो। पछि एक/दुई गर्दै होटल अन्यत्र पनि खुल्न थाले,’ उनले भने।
-1754306204.jpg)
सन्तोषले ४ कक्षामा पढ्दै गर्दा हजुरबुबालाई क्यान्सर भयो। हजुरबुबाको उपचारका लागि बुबा काठमाडौं जानुपर्ने भयो। हजुरबुबाको उपचार चलिरहँदा सन्तोष तम्घास फर्किए। ‘टीकापुरमा व्यवसाय भए पनि हजुरबुबाको हेरचाहका लागि हाम्रो परिवारै गुल्मी फर्कियो,’ सन्तोषले भने, ‘त्यसको एक वर्षपछि तम्घासमै मनकामना होटल सञ्चालनमा आयो।’
अंकल र भिनाजुहरूले होटल सञ्चालन गरिरहँदा सन्तोषका बुबाले पनि आफ्नै सुरमा तम्घासमा होटल चलाइरहेका थिए। राम्रो व्यवसायको खोजीमा बुबा बुटवल झरे र प्लाजा होटल सञ्चालनमा ल्याए। त्यो बेलासम्म सिद्धार्थले पाँच वटा होटल सञ्चालन गरिसकेको थियो।
सन्तोषले पहिलोपल्ट कक्षा ८ पढ्ने समय काठमाडौं आउने मौका पाए। उनी पहिलो पटक सुन्धारास्थित होटलमा पुग्दा बुबाआमाले सञ्चालन गरिरहेको होटलभन्दा पृथक देखे। होटलमा बिच्छ्याएको टायल र मार्बलले उनी दंंग परे।
तत्कालीन समय टीकापुर, काठमाडौंको सुन्धारा एवं नेपालगञ्जमा होटल र दुईवटा कटेज रेस्टुरेन्ट सञ्चालनमा आइसकेका थिए। ती होटल र कटेज अध्यक्ष लक्ष्मण न्यौपानेलगायत अंकल र भिनाजुहरूले हेरिरहेका थिए। त्यसै समय अहिलेका सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपाने अध्ययनका लागि काठमाडौंमै थिए।
सन्तोषले पहिलोपल्ट कक्षा ८ पढ्ने समय काठमाडौं आउने मौका पाए। उनी पहिलो पटक सुन्धारास्थित होटलमा पुग्दा बुबाआमाले सञ्चालन गरिरहेको होटलभन्दा पृथक देखे। होटलमा बिच्छ्याएको टायल र मार्बलले उनी दंंग परे। मनमनै सोचे, होटल भनेको त यस्तो पो हुनुपर्छ।
बुटवलबाटै एसएलसी दिएका उनलाई आमासँग थप अध्ययनका लागि काठमाडौं जान्छु भन्न थाले। अंकलहरू काठमाडौंमै भएकाले बस्न र खान समस्या नहुने भएपछि आमाबाट काठमाडौं आउने अनुमति पाए। सँगै बस्दा परिवारका सदस्यबीच निकटता हुन्छ भन्ने आमालाई लागेको थियो।
-1754306204.jpg)
काठमाडौंमा उनले कक्षा १२ सम्म होटल म्यानेजमेन्ट पढे। बुबाको चाहना भने चार्टर्ड एकाउन्टेन्ट (सीए)बनोस् भन्ने थियो। अध्ययनकै क्रममा होटलभित्र किचनको काम सिक्न थाले, उनले। फुर्सदमा रेस्टुरेन्टमा सहयोग गर्न थाले। कक्षा १२ उत्तीर्ण गरिसक्दा होटल र रेस्टुरेन्टबारे केही जानकारी हासिल गरिसकेका थिए। त्यतिन्जेलसम्म उनको मनमा अब होटल नै सञ्चालन गर्नुपर्छ भन्ने लागिसकेको थियो। त्यो समयमा नेपालगञ्जमा ३ तारे होटल सञ्चालनमा आइसकेको थियो।
सिद्धार्थले आफ्नै गतिमा व्यवसाय विस्तार गरिरहँदा सन्तोषका बुबाले पनि छोराले भविष्यमा होटलसम्बन्धी काम नगरिदिए हुन्थ्यो भन्ने चाहना राखिरहेका थिए। सन्तोष अहिले पनि त्यो बेला बुबाले भनेको कुरा सम्झिरहन्छन्, ‘यो सबैभन्दा दुखिया पेसा हो, हामीले गर्यौँ, तिमीलाई गर्न नपरे हुन्थ्यो।’
बुबाले यसो भने पनि उनले ह्वाइटहाउस कलेजमा स्नातकमा होटल म्यानेजमेन्ट पढे। अध्ययनकै क्रममा उनले पुरानो बानेश्वरमा रहेको फुडल्यान्डमा काम गरे। फुडल्यान्डमा काम गर्ने क्रममा एक दिन उनले ठूलो डेक्चीमा मासु भुटिरहेका थिए। त्यही बेला बुबा बुटवलबाट काठमाडौं आएका रहेछन्। उनले सन्तोषलाई काम गरेको देखेपछि चित्त दुःखाए।
त्यसलगत्तै काठमाडौंको तीनकुनेको अपग्रेडमा पनि प्रत्यक्ष योगदान दिए। उनको डिजाइनअनुसार नै काम भयो। सन्तोषमा विस्तारै होटल तथा रेस्टुरेन्टको डिजाइनप्रति चासो बढ्दै गयो।
हुन त, त्यो बेला किचनमा गरेको दुःखले अहिले उनलाई त्यहाँ काम गर्नेलाई कस्तो व्यवहार र कसरी व्यवस्थापन गर्ने भन्ने जानकारी छ। इन्टेरियर डिजाइनमा चासो राख्ने भएकाले उनले धोबीघाटको सिद्धार्थ कटेज निर्माणमा प्रत्यक्ष काम गरे। पछि उनले मार्केटिङको कामसमेत सुरु गरे। त्यो बेलाको कामले मार्केटिङमा रिजेक्सन कस्तो हुन्छ भन्ने ज्ञान राम्रोसँग उनलाई थाहा छ।
त्यसलगत्तै काठमाडौंको तीनकुनेको अपग्रेडमा पनि प्रत्यक्ष योगदान दिए। उनको डिजाइनअनुसार नै काम भयो। सन्तोषमा विस्तारै होटल तथा रेस्टुरेन्टको डिजाइनप्रति चासो बढ्दै गयो।
जब आउटलेटको म्यानेजर अफर आयो
ब्याचलर सकेपछि अब के गर्ने भन्ने सोचिरहेकै बेला उनलाई पुरानो बानेश्वरमा अवस्थित आउटलेटमा म्यानेजर बन्ने प्रस्ताव आयो। अर्को म्यानेजर नआएसम्म हेरिदिने प्रस्ताव आएपछि उनले अस्वीकार गर्ने कुरै भएन। उनले त्यहाँ एक वर्ष म्यानेजरका रूपमा काम गरे। त्यही बेला नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले दोस्रो पुस्ताका युवाहरू विदेशमा गएर पढेर आउनुपर्छ भनेर प्रोत्साहन गर्न लागे। भण्डारीको कुरापछि साँच्चै विदेशमा जानुपर्छ कि भन्ने सोच उनमा पलायो।
-1754306206.jpg)
उनमा त्यतिबेला परिवारको होटलियर माहोलबाट केही समय बाहिर निस्केर अरु काम गर्दा सफलता मिल्छ कि भन्ने सोच नपलाएको होइन। केहीले उनलाई साथ पनि दिएका थिए। त्यसै समय उनी बुटवलमा सिद्धार्थ कटेज बनाउनेतिर लागे। त्यहाँ दुई महिना काम गरेपछि अब विदेश नजाने बरु स्वदेशमै काम गर्ने निधो गरे। उनी भिसा प्रक्रिया अब अगाडि नबढाउने निर्णयले बुटवलबाट काठमाडौं आए। तर, काठमाडौं आएकै दिन अस्ट्रेलियाको भिसा लागेको खबर प्राप्त भयो।
अस्ट्रेलियामा पहिलो काम क्लिनिङ कम्पनीमा
उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया पुगे पनि अधिकांश विद्यार्थीले रोजगारीसँगै पढाइ गरिरहेकै हुन्छन्। सन्तोषले पनि त्यहीअनुसार काम सुरु गरे। उनले पहिलो काम क्लिनिङ कम्पनीमा पाए। करिब तीन साताजति काम गरेपछि उनलाई घरको याद धेरै आयो। सायद, घर छाडेर धेरै नहिँडेकाले पनि घरको सम्झनाले सतायो।
सरसफाइ काम छाडेपछि उनले पार्टी प्यालेसमा भ्याकुम लगाउने र वेटर काम सुरु गरे। कलेजसँगै पार्टी प्यालेसमा केही समय इन्चार्जसम्मको जिम्मेवारी पाए, उनले।
एकातिर काठमाडौंमा रेस्टुरेन्टको म्यानेजरसम्म भइसकेको अवस्थामा अस्ट्रेलियामा भुइँ पुछ्ने काम गर्नुपर्दा उनको मन बेलाबेला गह्रौँ हुन्थ्यो। नहोस् पनि कसरी! काठमाडौंमा अंकलहरूको छत्रछायामा काम गरेर रमाइरहेका उनलाई एक्कासि घर छाडेर परदेशमा जानुपरेको र त्यसमा पनि नवनिर्मित घर सफा गर्ने (कन्स्ट्रक्सन क्लिनिङ) काम गर्नुपर्दा नराम्रो लाग्नु स्वाभाविकै थियो।
भुइँ पुछ्ने काम गर्नकै लागि किन अस्ट्रेलिया आएछु भन्ने आत्मग्लानिसमेत बेलाबेला हुन्थ्यो। १५/२० दिन गरिसकेपछि साह्रै गाह्रो भएको सुपरभाइजरलाई बताएर रुँदै काम छाडे। उनको सम्झनामा त्यसरी रोएको जीवनमै पहिलो पटक थियो होला।
पार्टी प्यालेसमा भ्याकुम लगाउनेदेखि इन्चार्जसम्म
सरसफाइ काम छाडेपछि उनले पार्टी प्यालेसमा भ्याकुम लगाउने र वेटर काम सुरु गरे। कलेजसँगै पार्टी प्यालेसमा केही समय इन्चार्जसम्मको जिम्मेवारी पाए, उनले। त्यहाँ उनले पार्टीको व्यवस्थापनसँगै पार्टीको (बुक- आयोजनाको जिम्मा) लिए एक सय अस्ट्रेलियन डलरसम्म पाउँथे। नेपाली समुदाय धेरै रहेकाले उनले सहजै विभिन्न पार्टीका अर्डर पाउन थाले। नेपालमा हुँदा पनि त्यो खाले काम गरिसकेकाले उनलाई सहज भयो।
अस्ट्रेलियामा रहँदा उनले रातदिन नभनी काम गरे। दिनको दुई घन्टा मात्र सुतेर क्लबमा क्लिनिङसम्मको काम भ्याए। उनलाई होटल वा पार्टी प्यालेसमा काम गर्दा जुन सन्तुष्ट मिल्थ्यो, अन्य ठाउँमा मिलेन। त्यो काम गरिरहँदा अब भने उनको मनमा खेल्न थाल्यो- म होटल क्षेत्रमै ठीक छु। मेरो भविष्य नै हस्पिटालिटी क्षेत्रमा हुन्छ भन्ने निधो गरिसकेका थिए।
तैपनि, त्यहाँको विकास र सुविधालाई हेरेर उनलाई नेपाल फर्किन्छु भन्ने लागेन। एकातिर अध्ययन सकिएको र अर्कोतर्फ बुबा र अंकलहरूले सिद्धार्थ हस्पिटालिटीलाई रफ्तारमा लगिरहेका बेला नेपाल फर्कन आग्रह गरिरहेका हुन्थे।
पीआरको अफर पनि त्यागे
पार्टी प्यालेसमा काम गरिरहँदा त्यहाँका सञ्चालकले अस्ट्रेलियाको पीआर (स्थायी बासिन्दा)को रूपमा बस्ने वातावरण मिलाउने प्रस्तावसमेत पटक-पटक उनीसमक्ष नआएको होइन। नेपालमा आफ्ना बुबा र अंकलहरूले गरेको पारिवारिक बिजनेसको भरोसालाई मार्नुहुँदैन भन्ने सोच राखेर उनले पीआरको प्रस्ताव अस्वीकार गरे।
जब ग्राजुएसनमा बुबा, आमा र अंकललाई अस्ट्रेलिया बोलाए...
नेपालबाट अध्ययन गर्न जाँदाको ऋण तिरिसके पनि केही रकम जम्मा गर्ने सोचका साथ अझै एक वर्ष त्यहीँ काम गर्ने सोच उनले मनभित्र राखिरहेका थिए। त्यही बेला कलेजको दीक्षान्तको समय भयो। त्यसका लागि नेपालबाट बुबा, आमा र लक्ष्मण न्यौपाने (अंकल)लाई बोलाए। उनको प्रस्तावमा बुबा, आमा र अंकलले हामी त्यहाँ त आउँछौँ। तर, फर्किने बेला सबै जना आउनुपर्छ भन्ने सर्त राखे। यो सर्त उनले टार्न सकेनन् र सन् २०१७ मा बुबा-आमासँगै नेपाल फर्किए।
कामको चाप पढ्दै थयो। परिवारका सबैले विश्वास देखेपछि उनले त्यसलाई तोड्नुहुन्न भन्ने सोचले दृढताका साथ काम गर्न थाले।
उनी नेपाल आउँदा परिवारकै व्यवसायलाई अगाडि बढाउँछु भन्ने थिएन। उनको सोच एक वर्ष नेपालमै काम खोज्ने र भनेजस्तो नभए अस्ट्रेलिया नै फर्कने थियो। उनीसँग अझै दुई वर्षको भिसा बाँकी थियो। उनी नेपाल आउँदा नेपालगञ्जको होटल स्तरोन्नति भइरहेको थियो। त्यो काम सकाउन उनी त्यतै लागे। कामको चाप पढ्दै थयो। परिवारका सबैले विश्वास देखेपछि उनले त्यसलाई तोड्नुहुन्न भन्ने सोचले दृढताका साथ काम गर्न थाले।
भाइ सञ्जयले आर्किटेक्टका रूपमा नेपालगञ्जमा पहिलादेखि नै काम गरिरहेका थिए। कान्छा अंकल केशव, भाइ सञ्जय र उनी मिलेर चारतारे स्तरको होटल बनाउन सफल भए। त्यहाँ उनले साढे चार वर्ष काम गरे।
नेपालगञ्जमा महाप्रबन्धकका रूपमा काम गरिरहँदा सुर्खेतको होटल स्तरोन्नति पनि गरे। त्यसलगत्तै भैरहवामा पाँचतारे होटल निर्माण सुरु भएपछि उनी भाइलाई लिएर त्यतै हानिए। यसै समय उनी अन्य आउटलेटमा पनि व्यवस्थापन गर्न सक्रिय रूपमा काम गरिरहेका थिए। होटल निर्माण र व्यवस्थापन गरिरहँदा उनले सिद्धार्थको कर्पोरेट अफिसमा अपरेसन हेर्ने जिम्मेवारी पाए। उनी अहिले सिद्धार्थ हस्पिटालिटीको सीईओको रूपमा रहेर कम्पनीको सम्पूर्ण जिम्मेवारी सम्हालिरहेका छन्।
सिद्धार्थ हस्पिटालिटी विस्तारै स्तरोन्नति हुँदै तीन, चार र पाँचतारे र लक्जरी होटल तथा रिसोर्टमा परिणत भइरहँदा सन्तोषको करिअर पनि त्यसैगरी स्तरोन्नति हुँदै गयो। उनको हुर्काइ र सिद्धार्थको सफलताको शिखर पनि सँगसगै माथि उठ्दै गयो।
पाँच वर्षपछि पहिलो प्रिमियम ब्रान्डको लक्ष्य
सिद्धार्र्थ डोमेस्टिक र मध्यमवर्गीय होटल तथा रेस्टुरेन्टको रूपमा प्रख्यात भइसकेको छ। अब प्रिमियम र लक्जरी ब्रान्डको रूपमा सिद्धार्थलाई उभ्याउने गरी वेग हानिरहेका छ, उनी। ‘विगत दुई वर्षदेखि लक्जरीलाई प्राथमिकता दिँदै अगाडि बढिरहेको रेस्टुरेन्ट क्षेत्रमा पनि प्रिमियम बनाउने गरी काम सुरु गरिरहेका छौं’, उनले भने, ‘फाइनडाइनमा पनि एक नम्बर र क्याफे/बेकरीमा पनि त्यसैगरी अगाडि बढ्छौँ।’
दोस्रो पुस्ता पनि सँगसँगै
सिद्धार्थ हस्पिटालिटी पूर्ण रूपमा पहिलो पुस्ताले स्थापना गरेको ग्रुप हो। खाजाघरको रूपमा २०५५ मा सुरु भएको सिद्धार्थको यात्रा अहिले पाँचतारे होटलसम्म पुगेको छ। २७ वर्षको यो दौरानमा पाएको सफलतामा पहिलो पुस्ताले आफ्नो सन्तानलाई हुर्काउने काम मात्र गरेन, आफ्नै काममा डोर्याउनसमेत थालिसकेको छ।
त्यसको पछिल्लो उदाहरण हुन्, सन्तोष र सञ्जय। अब उनीहरूसँग अध्यक्ष (लक्ष्मण)का छोरा नवीन पनि अस्ट्रेलियामै अध्ययन गरेर नेपाल फर्किंदै छन्। पहिलो पुस्ताले नेपालको मात्र ज्ञान लिएको र दोस्रोले विदेशमै गएर होटलसम्बन्धी अध्ययन गरेर फर्किएकाले दुवै ज्ञानलाई एकीकृत गरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति जनाउने सोचमा लागिरहेका छन्, उनीहरू।