शुक्रबार, जेठ २४, २०८२

अधिकारकर्मीमाथि प्रहरीको धरपकड : १२ जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने अधिकारकर्मीहरुमाथि प्रहरीले धरपकड गरेको छ ।

अनसनरत गंगामाया अधिकारी र डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारलाई दबाव दिने उद्देश्यले प्रदर्शन गर्न पुगेका मानवअधिकारवादीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इन्द्रप्रसाद अर्याल, चरण प्रसाईँ, महामुनिश्वर आचार्य, लोकराज अवस्थी, विश्व छवाल, जयराम दाहाल, सागर अधिकारी, मनोज अधिकारी, डा. सुरेन्द्र भण्डारी, डा. उद्धव प्याकुरेल,मोहन ज्ञवाली र लोकेन्द्र पोखरेल रहेको जनाइएको छ । 

प्रदर्शनका क्रममा अधिकारकर्मीहरुले गंगामायको जीवन रक्षा गर, गोविन्द केसीको माग पुरा गर, नागरिकको अधिकार नखोस भन्ने नारा लगाएका थिए । उनीहरुले माइतीघरमा लगाइएको निषेधाज्ञा फिर्ताको माग समेत गरेका छन् । 

सरकारले आन्दोलनका लागि स्थान तोकिदिएपछि त्यसको तीव्र विरोध भइरहेको छ । यसैविषयलाई लिएर बुधबार नेविसंघले पनि विरोध प्रदर्शन गरेको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।