मंगलबार, जेठ ७, २०८२

पोखराको नयाँ ल्यान्डफिल साइट विवादमा, स्थानीयको विरोध

पोखरामा निमार्णधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालन हुन दुई महिना मात्रै बाँकी रहँदा पोखरा हाल भइरहेको ल्यान्डफिल साइट सार्नुपर्ने बाध्यता पोखरा महानगरपालिकालाई रहेको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

विभु भुसाल

विभु भुसाल

बुधबार, कात्तिक १०, २०७८

पोखरा- पोखरा महानगरपालिकाले छनोट गरेको नयाँ ल्यान्डफिल साइट विवादमा परेको छ। स्थानीयलाई पर्ने असरको मूल्यांकन नगरेको भन्दै साइट सञ्‍चालक पोखरा महानगरविरुद्ध प्रदर्शन भएको छ। हाल पोखराको बाच्छेबुडुवामा ल्याण्डफिल साइटमा महानगरले फोहोर फाल्दै आएको छ। पोखरामा निमार्णधीन  क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालन हुन दुई महिना मात्रै बाँकी रहँदा पोखरा हाल भइरहेको ल्यान्डफिल साइट सार्नुपर्ने बाध्यता पोखरा महानगरपालिकालाई रहेको छ। 

महानगरको १४ नम्बर वडामा रहेको विमानस्थलबाट आगामी पुससम्म आन्तरिक उडान गर्ने योजना प्रदेश सरकारको छ। विमानस्थल निर्माण अन्तिमतिर पुगे पनि विमानस्थल सञ्‍चालन गर्न आवश्यक पर्ने पूर्वाधार भने अझैसम्म बन्‍न सकेका छैनन्। तर पनि विमानस्थल आयोजनाले महानगरलाई ल्याण्डफिल साइट छिटोभन्दा छिटो सार्न ताकेता गरिरहेको छ। 

कात्तिक ५ गते भएको पोखरा महानगरपालिकाको ५२ औं कार्यपालिका बैठकले ल्यान्डफिल साइट सार्ने निर्णय गरेको थियो। पोखरा २० र १६ को सिमानामा रहेको पस्मराङ खोँचमा ल्यान्डफिल साइट चलाउने महानगरले निर्णय गरेर  सुचना समेत सार्वजनिक गरिसकेको छ। 

तर, छलफल नगरी ल्यान्डफिल सार्न योजनाको प्रस्ताव झस्केलाबाट टेबल गरिएको पोखरा महानगरपाललिका वडा नमबर २० का वडाध्यक्ष सिमबहादुर गुरुङले बताए। स्थानीयले ल्यान्डफिल साइट बन्‍न नदिन गुरुङको नेतृत्वमा स्थानीयले संघर्ष समिति नै बनाएका छन्। 

पस्मराङ क्षेत्रमा खानेपानीका तीन मुहान छन्। तीनै मुहानबाट भलाम र काहुँडाँडा  आसपासका सात सय घरमा खानेपानी पुगेको जनप्रतिनिधि भिम प्रसाद बाँस्तोलाले बताए। ‘यहाँ ल्यान्डफिल साइट बनाउँदा पानी दुषित हुने स्थानीयको गुनासो छ। उनीहरुमा ती मुलबाट सिँचाइ हुने जग्गा बाँझो हुनेसमेत डर छ। यो कस्तो प्रतिवेदन हो मान्छेले खानेपानीको मुहानमा फोहोर व्यवस्थापन गर्ने कहीँ कतै नभएको अमानवीय व्यवहार हो यो हामी यस्को डटेर सामना गर्ने छौं,’ बाँस्तोलाले भने।

सानो जनसंख्या रहेको भनेर महानगरले जहिले पनि २० नम्बर वडाले हेप्‍ने गरेको भन्दै बुधबार संघर्ष समितिले नगरपालिकाका कार्यकारी प्रमुख महेश बराललाई ज्ञापन पत्र समेत बुझाएको छ। 

यदि महानगरले ल्यान्डफिल साइट पस्मराङमा राख्‍न खाजे जस्तोसुकै आन्दोलन गर्न आफूहरु तयार रहेको स्थानीयहरुले बताएका छन्। महानगरले समितिलाई एक हप्ताभित्र स्थानीयसँग समन्वय गरी आयोजना कार्यान्वयनको खाका तयार पार्न भनेको छ। त्यहाँ हुनसक्ने वातावरण तथा सामाजिक प्रभाव न्यूनीकरण (इआइए) गरी स्थानीयको चासो सम्बोधनका विकल्पबारे जानकारी गराउन समितिलाई भनिएको बरालले बताए। ‘स्थानीहरुको छलफलमा नै यो काम हुने छ, अहिले नै विवाद खडा नगर्नु होला प्रक्रियामा जान दिनु होला,’ उनले भने 

ल्यान्डफिलका लागि उपयुक्त ठाउँ खोज्‍न महानगरपालिकाले गत असार २२ गते वडा नम्बर १६ का वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको थियो। यही समितिले पेश गरेको प्रतिवेदनका आधारमा पोखरा १६ र २० र १३ नम्वरमा पर्ने पस्माराङ छानिएको  महानगर प्रवक्ता धनबहादुर नेपालीले बताए। ल्याण्डफिल साइट बन्‍ने ठाउँको जग्गाको मुआब्जा महानगरले नै व्यहोर्ने जानकारी नेपालीले दिए।

ल्यान्डफिल साइट स्थानन्तरण गर्न सार्वजनिक तथा सरकारी जमिन, वन क्षेत्रसमेत सोही प्रयोजनका लागि भोगाधिकार, नि:शुल्क वा लिजमा उपलब्ध गराउन कानुन बमोजिमका प्रक्रिया थाल्ने कार्यपालिका बैठकले निर्णय गरेको छ। स्थानीयहरुले प्रतिवेदन बनाउनुअघि स्थानीयसँग सल्लाह नै नगरी कार्यपालिका बैठकमा पेश गरेको भन्दै आक्रोश पोखका छन्।  

तीन खोलाको मुहान रहेको पस्मराङ खोचनजिकै  बस्ती रहेको छ। त्यहाँ महानगरको फोहोर थुपारिँदा वडा नम्बर १६ ,२० र १३ का बासिन्दालाई प्रत्यक्ष असर गर्ने स्थानीय हरि अधिकारी बताउँछन्। यसअघि पोखरा महानगरले छाडा चौपाया ल्याएर पस्मराङमा छाड्ने गरेको थियो। त्यो बेला धेरै जनावर मरेर दुगन्ध फैलिएको र त्यसको व्यवस्थापन महानगरले अहिले सम्म नगरेको स्थानीयको आरोप समेत रहेको छ।


प्रकाशित: Oct 27, 2021| 19:01 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।