शुक्रबार, जेठ ३, २०८२

साफ फुटबलमा श्रीलंकालाई ३–२ ले हराउँदै नेपाल शीर्ष स्थानमा

साफ फुटबल च्याम्पियनसिपअन्तर्गत माल्दिभ्समा जारी खेलमा नेपालले श्रीलंकालाई ३–२ गोलले हराएको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं–  साफ फुटबल च्याम्पियनसिपअन्तर्गत माल्दिभ्समा जारी खेलमा नेपालले श्रीलंकालाई ३–२ गोलले हराएको छ। यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा सोमबार भएकाे खेलमा श्रीलंकालाई ३–२ ले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो। पहिलो खेलमा नेपालले माल्दिभ्सलाई हराएको थियो।

श्रीलंकाविरुद्ध नेपालका तर्फबाट आयुष घलान, अञ्जन विष्ट र समुन लामाले एकएक गोल गरेका छन्। घलानले खेलको ८६ औं मिनेटमा श्रीलंकाविरुद्ध गोल गरेका हुन्। यस्तै विष्टले खेलको ५१ औं मिनेटमा र ३३ औं मिनेटमा सुमन लामाले गोल गरेका थिए। श्रीलंकाकातर्फबाट खेलको ५७ औँ मिनेटमा मार्भिन ह्यामिल्टनले र इन्जुरी समयमा डिलोन डे सिल्भाले गोल गरेका थिए। 

नेपाल २ खेल जितेर ६ अंकसहित पहिलो स्थानमा छ। बंगलादेश २ खेलमा ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ। भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहीन छन्।
खेलको ३३ औं मिनेटमा नेपालले सुमन लामाको गोलमा अग्रता लिएको थियो। नवयुग श्रेष्ठले मिडफिल्डबाट आएको बल डिफेन्डरलाई छक्याउँदै सुमनले गोल गरेका थिए। दोस्रो हाफको ५१ औं मिनेटमा अन्जनकै गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो। ५७ औं मिनेटमा मार्विन ह्यामिल्टनले झन्डै २५ यार्ड टाढाबाट गरेको सीधै गोलमा परिणत भएको थियो। 
जितपछि खुसी मनाउँदै नेपाली खेलाडी।

८६ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई जितनजिक पुर्याएका थिए। आयुषले तेज तामाङको पासलाई गोलमा परिणत गर्दै नेपाललाई ३–१ ले अघि बढाएका थिए। इन्ज्युरी समयमा श्रीलंकाका डिलन डे सिल्भाले पेनाल्टीमा गोल गरेका थिए। 

नेपाल २ खेल जितेर ६ अंकसहित पहिलो स्थानमा छ। बंगलादेश २ खेलमा ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ। भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहीन छन्।  लगातारको जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ।

प्रकाशित: Oct 04, 2021| 23:39 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।