बुधबार, जेठ २२, २०८२

दुई महिनामै तीन अर्ब १ करोडको पुनर्कर्जा स्वीकृत

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा तीन अर्ब एक करोड ६४ लाख रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा तीन अर्ब एक करोड ६४ लाख रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ। 

स्वीकृत पुनर्कर्जामध्ये विशेष पुनर्कर्जाअन्तर्गत चारवटा बैंक तथा वित्तिय संस्थाबाट पाँच ऋणीले ८५ करोड ४७ लाख रुपैयाँ बराबरको कर्जा पाउने भएका छन्।

त्यस्तै साधारण पुनर्कर्जाअन्तर्गत भने ११ वटा बैंक तथा वित्तिय संस्थाका २० ऋणीले दुई अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको साधारण पुनर्कर्जा पाउने छन्। 

पुनर्कर्जा कार्यविधि २०७७ अनुसार विशेष पुनकर्जाको लागि जम्मा ३ प्रतिशत र साधारण पुनकर्जाको व्याजदर जम्मा पाँच प्रतिशत मात्र ब्याज तिरे पुग्‍नेछ। 

कार्यविधि अनुसार निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्‍चालन गरेका उद्यम-व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिन्छ। बैंकले कोभिड १९ बाट प्रभावित क्षेत्रमा जाने कर्जा साधारण पुनर्कर्जाको परिभाषाभित्र पर्दछ। 

कार्यविधि अनुसार पुनर्कर्जाको सीमा एक वर्षको हुनेछ भने बढीमा २० करोडको सीमा रहन्छ। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमो कोभिडका कारण प्रभावित उद्योग व्यवसायलाई जोगाउनका लागि पुनर्कर्जा दिने व्यवस्था गरेको हो। 

सो व्यवस्था अनुसार गत वर्षको आसार मसान्तसम्ममा विभिन्‍न बैंक तथा वित्तिय संस्थाहरुमार्फत एक खर्ब ४८ अर्ब ७५ करोड रुपैयाँ कर्जा पर्वाह भएको छ। 

चालु आर्थिक बर्षको पहिलो महिनामा मात्र एक अर्ब १८ करोड ४९ लाख रुपैयाँ बराबरको पुनकर्जा स्वीकृत  भएको नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकमा उल्लेख गरिएको छ। 

प्रकाशित: Oct 04, 2021| 15:18 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्