बुधबार, जेठ २९, २०८२

एमालेको अवरोधका बीच राष्ट्रियसभा बैठक सञ्चालन

राष्ट्रियसभाले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच चारवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– राष्ट्रियसभाले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच चारवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ।

सोमबार बसेको बैठकमा एमालेले अवरोध गरेको थियो। अवरोधकै बीच बैठकले सरकारले पेश गरेका चारवटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ। बैठकमा महालेखापरीक्षकको अन्ठाउन्नौँ वार्षिक प्रतिवेदन २०७८ पनि टेबल भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले राष्ट्रियसभाको बैठकमा निरन्तर अवरोध गरे पनि बैठकको नियमित कार्य र कार्यसूचीमा भएको काम राकिएको छैन। एमालेले कारबाही गरेका १४ जना सांसदहरुको निस्कासनको सूचना सभामुखले नटाँसेका कारण सभामुखको विरोधमा एमाले आन्दोलित छ। प्रतिनिधिसभामा नेकपा एमालेका सांसदहरुले नाराबाजी सहित बेल घेराउ गर्छन् भने राष्ट्रियसभाको बैठकमा आफू बसेको स्थानमा उभिएर विरोध जनाउने गरेका छन्। 


प्रकाशित: Oct 04, 2021| 13:05 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...