शनिबार, जेठ १८, २०८२

मोरङमा देउवा पक्ष कमजोर, कहाँ कसले जिते?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङमा सम्पन्न गाउँ–नगरको अधिवेशनमा पौडेल–कोइराला पक्ष बलियो देखिएको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

विराटनगर- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङमा सम्पन्न गाउँ–नगरको अधिवेशनमा पौडेल–कोइराला पक्ष बलियो देखिएको छ।

मोरङमा पौडेल–कोइराला समूह विराटनगर महानगर सहित १२  र देउवा समूह ५ वटा स्थानीय तहमा विजयी भएको छ।

देउवा समूह धनपालथान, सुनवर्षी, रंगेली, ग्रामथान र जहदामा विजयी भएको छ। अन्य १२ वटा स्थानीय तहमा पौडेल–कोइराला समूहका नेताहरू विजयी भएका हुन्।

विराटनगर महानगरको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मत अन्तरले पराजित गर्दै चापागाईं सभापतिमा निर्वाचित भएका हुन्। सभापतिमा निर्वाचित चापागाईं डा. शेखर कोइराला निकट हुन्। उनले देउवा पक्ष निकटका न्यौपानेलाई पराजित गरेका हुन्। न्यौपानेले १६५ मत प्राप्त गरे।

१७ वटा स्थानीय तहमध्ये तीनवटामा शुक्रबार र एउटामा शनिबार सर्वसम्मत भएको थियो। नयाँ नेतृत्व चयनका लागि १३ वटा स्थानीय तहमा शनिबार मतदान भएको थियो।

मिक्लाजुङमा बबि राई निर्वाचित भएका छन्। राई पौडल समूहका हुन्। कटहरी पौडेल समूहका रामकुमार कामत विजयी भएका छन्। धनपालथानमा देउवा समूहका दीपकबीर पाण्डे सभापतिमा निर्वाचित भए। बेलबारी नगरपालिकाको नगर सभापतिमा पौडल समूहका छत्र लिम्बु निर्वाचित भउका छन्।

कानेपोखरीमा पौडेल समूहका योगेन्द्र दाहाल झिनो मत अन्तरले विजयी भए। सुनवर्षी नगरपालिकामा कमल किशोर गनगाईं निर्वाचित भएका छन्। पथरीशनिश्चरेमा रूपनारायण भट्टराई निर्वाचित भए भने रंगेलीमा जगरनाथ मण्डल २ मत अन्तरले जगरनाथ मण्डल निर्वाचित भए। रंगेली सभापतिमा दुवै उम्मेदवार देउवा समूहका थिए।

सुन्दरहरैचामा पौडेल–कोइराला पक्षका भक्तिप्रसाद सिटौला निर्वाचित भए भने लेटाङमा दीपकचन्द्र राई निर्वाचित भए। सभापतिमा निर्वाचित राई पौडेल समूहका हुन्।

ग्रामथानमा तुलसी (किरण) विश्वास निर्वाचित भए। विश्वास देउवा समूहका हुन्। बूढीगंगामा जितनारायण थापा विजयी भए। उनी पौडल– कोइराला निकट हुन्। 

यसअघि शुक्रबार जहदामा महेन्द्र मण्डल, उर्लाबारीमा सुरेन्द्र लिम्बु र केराबारीमा सभापतिमा प्रकाश बस्नेत निर्विरोध निर्वाचित भएका थिए। निर्विरोध निर्वाचित मण्डल देउवा, लिम्बु र बस्नेत पौडेल समूहका हुन्। शनिबार सर्वसम्मत भएको रतुवामाईको सभापतिमा पोस्टबहादुर बस्नेत निर्विरोध भएका थिए। उनी पौडेल–कोइराला निकटका नेता हुन्।

प्रकाशित: Oct 03, 2021| 08:24 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...