काठमाडौं। पेप्सिकोको पेय ब्रान्ड माउन्टेन ड्युले ‘पिक्स अफ करेज’ अभियान सुरु गरेको छ।
कम्पनीले नेपालका हिमाल आरोहणको विरासतसँग सम्बन्धित साहसिक, साहस र अव्यक्त कथाको मर्मलाई उत्सवमय रुपमा मनाउन नेपाल पर्यटन बोर्ड र डिस्कभरी च्यानलसँगको सहकार्यमा अभियान थालेको हो।
डिस्कभरी च्यानलद्वारा संसारभर पुर्याइने यो अभियानले सगरमाथाबाहेकका अन्य नेपाली साहसिक शिखरबारे विश्वलाई चिनाउनेछ।
दशकौंदेखि नेपालको हिमाल आरोहणको कथा प्रसिद्ध हिमशिखरमै केन्द्रित रहँदै आएको छ। पिक्स अफ करेजले नेपाल केवल सगरमाथाको घरमात्र नभई विश्वकै अधिक साहसिक आरोहणको भूमि पनि हो भन्ने बलियो यथार्थलाई उजागर गर्ने कम्पनीले बताएको छ।
अभियानले शेर्पाहरु, आरोहीका पथ प्रदर्शक र स्थानीय पर्यटन व्यवसायीका लागि वास्तविक र दिगो अवसरको सिर्जना गर्नेछ, जसले एडभेन्चरलाई वर्षभरिको आर्थिक कारोबारमा प्रभावमा परिवर्तन गर्ने कम्पनीको भनाइ छ।
ब्रान्डले नेपालको डरलाग्दो भूबनोटको विपक्षमा तयार पारिएको अभियान फिल्म प्रदर्शन गरेको छ, जसमा शेर्पा र अन्तर्राष्ट्रिय आरोहीलाई पछ्याउँदै शिखरमा पुग्नु मात्र आरोहणको वास्तविक जोश नभई यसभन्दा पर के पर्छ भनेर थाहा पाउने सन्देश दिन खोजेको पेप्सिको इन्डियाका मार्केटिङ अफिसर–दक्षिण एसिया हेर्ने तरुण भगतले बताए।
माउन्टेन ड्युले सधैं पहिला साहसिक कार्यको सीमा तोड्दै डरका अघि जित छ भन्ने पक्षमा उभिँदै आएकाले आरोहीलाई नेपालको सौन्दर्यको नयाँ तरिकाबाट अनुभव लिन गर्न आह्वान गरेको वरुण वेभरेज प्रालिका कन्ट्री म्यानेजर विशाल सिंहले जनाए।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अभियानबाट नेपालको पर्यटनलाई विश्वव्यापी मञ्चमा लैजान सघाउ पुग्ने विश्वास व्यक्त गरे।