मंगलबार, जेठ २१, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेको विधान महाधिवेशनमा आजबाट समूहगत छलफल, कुन समूहको कसले गर्दैछन् नेतृत्व?

एमालेको विधान महाधिवेशनमा आजबाट समूहगत छलफल, कुन समूहको कसले गर्दैछन् नेतृत्व?

नेकपा एमालेको जारी विधान महाधिवशेनमा प्रस्तुत भएका प्रतिवेदनहरु माथि समूहगत छलफल सुरु भएको छ।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- नेकपा एमालेको जारी विधान महाधिवशेनमा प्रस्तुत भएका प्रतिवेदनहरु माथि समूहगत छलफल सुरु भएको छ। 

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरलले पेस गरेको सांगठानिक र उपहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह बनाइएको छ। १० वटै समूहले बिहान ८ बजेबाट समूहगत छलफल सुरु गर्ने छन्।

दिउँसो २ बजे सुरु हुने पूर्ण सत्रमा प्रत्येक टोलीले समूहगत छलफलका सुझाव पेस गर्ने कार्यक्रम छ। समूहगत छलफलको सहजिकरण गर्ने जिम्मा २० नेताले पाएका छन्। छलफलको लागि विभिन्न समूहलाई विधान महाधिवेशन स्थल गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको छ।

दस्तावेजमाथि छलफलका लागि प्रदेश १ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले गर्नेछन्। देवराज घिमिरेले अध्यक्षता गर्नेछन्। प्रदेश २ को समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठले गर्नेछन्। अध्यक्षता ज्वाला साहले गर्नेछिन्। 

यस्तै, बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा ‘बादल’ ले गर्नेछन्। अध्यक्षता आनन्द पोखरेलले गर्नेछन्।

गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले गर्नेछन्। अध्यक्षता जगत विश्वकर्माले गर्नेछन्। लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले गर्नेछन्। अध्यक्षता लिला गिरीले गर्नेछन्।

कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली र यामलाल कँडेलले गर्नेछन्। अध्यक्षता गोरखबहादुर बोगटीले गर्नेछन्। सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले गर्नेछन्। अध्यक्षता कर्ण थापाले अध्यक्षता गर्नेछन्।

उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरुको समूहको सहजीकरण छविलाल विश्वकर्मा र राजन भट्टराईले गर्नेछन्। अध्यक्षता सुजिता शाक्यले गर्नेछिन्। जनसंगठनहरुको समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले गर्नेछन्। अध्यक्षता सुनिता बरालले गर्नेछिन्। 

यस्तै, केन्द्रीय निकाय र केन्द्रीय विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गर्ने जनाइएको छ। अध्यक्षता भानु ढकालले गर्नेछन्।

तीन दिनसम्म चल्ने सो महाधिवेशनको आज समूहगत छलफल सकिएसँगै भोलि तेस्रो दिन आइतबार प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफसहित महाधिवेशन समापन हुनेछ। एमालेको विधान महाधिवेशनमा ६ हजार ३ सय ४७ प्रतिनिधिहरू सहभागी छन्।

प्रकाशित: Oct 02, 2021| 07:39 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...