बुधबार, जेठ १५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले भने– राष्ट्र निर्माणको अभिभारा एमालेमाथि छ [LIVE]

विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले भने– राष्ट्र निर्माणको अभिभारा एमालेमाथि छ [LIVE]

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले एकीकृत पार्टी भएको बताएका छन्।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले एकीकृत पार्टी भएको बताएका छन्। ललितपुरको गोदावरीमा आज (शुक्रबार) सुरु भएको पार्टीको प्रथम विधान महाधिवेशन उद्घाटन गरेपछि ओलीले यस्तो बताएका हुन्। 

उनले नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ चुनौती थपिएको बताए। कम्युनिस्टका नाममा केहीले बदनाम गर्न खोजेको उनको भनाइ थियो। ‘केहीले पद लोलुपताका लागि पार्टी फोड्नुभयो। अहिले हामी प्रतिपक्षी भएका छौं। जनताको जनवादमा राष्ट्र निर्माणको अभिभारा एमालेमा छ,’ उनले भने।

संविधान, लोकतन्त्र, स्थिरता र एकतामाथि आक्रमण बढिरहेको उनको दाबी छ। महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ९औं महाधिवेशनका निष्कर्षको चर्चा गरेको उनले सुनाए। पार्टीको एकीकरण र पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या उल्लेख गर्दै उनले वर्तमान राष्ट्रिय भूराजनीतिक प्रवृतिको विष्लेषण गरेको बताए। 

प्रकाशित: Oct 01, 2021| 14:16 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...