बुधबार, जेठ १५, २०८२

जावाले ल्यायो दसैंतिहार अफर

यस वर्षको दसैं तथा तिहारको उपलक्ष्यमा जावाले ग्राहकमुखी योजना प्रस्तुत गरेको छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं– यस वर्षको दसैं तथा तिहारको उपलक्ष्यमा जावाले ग्राहकमुखी योजना प्रस्तुत गरेको छ।

नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित यस बाइकले आफ्ना नयाँ ग्राहकलाई प्रोफेसनल राइडिङ ज्याकेट (जावा इन्डुरो शीथ) तथा कस्टम जावा हेल्मेट प्रदान गर्नेछ। 

जावाको ज्याकेट सबै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीले जनाएको छ। यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीईबाट प्रमाणीकरण गरिएको छ। त्यसैगरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्छ। 

लेजेन्डरी जावा बाइक दशकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ। यो सन् १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो। नेपालमा जावा बाइक अग्नि मोटोइन्क प्रा.लि.ले भित्र्याएको हो। नेपालभरि अग्नि मोटोइन्क प्रा.लि.का १३ बटा डिलर नेटवर्क रहेका छन्। 


प्रकाशित: Sep 29, 2021| 12:30 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्