आइतबार, जेठ ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • शेखर कोइरालाको प्रश्न– कांग्रेसको वैधानिकता भदौ २३ मा सकिन्छ भन्ने हेक्का छ कि छैन?

शेखर कोइरालाको प्रश्न– कांग्रेसको वैधानिकता भदौ २३ मा सकिन्छ भन्ने हेक्का छ कि छैन?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महाधिवेशनको प्रक्रिया अबिलम्ब थाल्न माग गरेका छन्।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महाधिवेशनको प्रक्रिया अबिलम्ब थाल्न माग गरेका छन्। उनले महाधिवेशन हुन नसके आगामी भदौ २३ गतेबाट पार्टीको वैधानिकता नै समाप्त हुने खतरा रहेकाले अबिलम्ब प्रक्रिया थाल्न माग गरेका हुन्।  

विहिबार सामाजिक संजाल मार्फत उनले पूर्वनिर्धारित कार्यतालिकाको पालना नभएको भन्दै असन्तुष्टि जनाएका छन्। क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन नसकेकाले समयसिमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढाएको उनको भनाइ छ।

‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रक्रिया जारी छ। तर पूर्व निर्धारित कार्यतालिकाको पालना भएको छैन। अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन सकेको छैन,’ उनले भनेका छन्, ‘यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ। र पार्टीको सम्पूर्ण साथीहरुमा गहिरो चिन्ता छाएको छ।’ 

संविधान अनुसार भदौ २३ गते पार्टीको वैधानिकता समाप्त हुने हेक्का सबैले राख्न आवश्यक भएको उनले बताएका छन्। ‘संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हामीलाई हेक्का छ कि छैन?,’ उनले भनेका छन्। 

उनले पार्टी विधानमै नभएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको प्रति आक्रोश व्यक्त गरेका छन्। ‘पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात पदाधिकारी र पूर्व पदाधिकारीहरुको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो? यसको जवाफ कसले दिने?,’ उनले भनेका छन्, ‘पार्टीका सबै साथीहरूको चाहना छ, संवैधानिक सीमाभित्र हाम्रो महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढिसक्नुपर्छ, अन्यथा कांग्रेसले वैधानिकता गुमाउने निश्चित छ। यसबाट हामी उम्कने बाटो छैन।’ 

उनले लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने  कांग्रेसले आफ्नो महाधिवेशन समेत समयभित्र सम्पन्न गर्न सकेन भने आउने पुस्ता, समाज र हाम्रा शुभेच्छुकहरुलाई के जवाफ दिने भनी प्रश्न समेत गरेका छन्।

प्रकाशित: Jul 29, 2021| 07:10 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।