काठमाडौं। देशकै पहिलो र एकमात्रै शतप्रतिशत भिट्रिफाइड टायल, लामिनार टायल्स्ले काठमाडौंमा एस्क्लुसिभ फ्ल्यागशिप एक्सपिरियन्स सेन्टरको शुभारम्भ गरेको छ।
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज एक समारोहबीच औपचारिक उद्घाटन गरेसँगै नयाँ घर बनाउन वा घरको पुर्ननिर्माण गर्न चाहने उपभोक्ता, निर्माणकर्मी, इञ्जिनियर र इन्टेरियर डिजाइनरका साथै टायलबारे रुची र सरोकार राख्ने जोकुकैका लागि उक्त सेन्टरको खुल्ला भएको कम्पनीले जनाएको छ।
एकै थलोमा रहेर कम्पनीले उत्पादन गरिरहेको सम्पूर्ण संग्रहका साथै नेपाली टाइलको नविनता प्रविधिको प्रत्यक्ष अवलोकन र अनुभव लिनका लागि अवसर प्रदान गर्ने उद्देश्यका साथ गैरीधारा, उत्तरढोका अगाडि सेन्टरको स्थापना गरिएको हो।
सेन्टरको उद्घाटन गर्दै मन्त्री सिंहले नेपाली उत्पादनको प्रयोग बढाउन आग्रह गरे। उनले “होटल, रेष्टुरेन्ट, भवन, अस्पताल वा व्यक्तिगत घर जुनसुकै प्रकारको भौतिक संरचना निर्माण गर्दा पनि लामिनार भिट्रिफाइड टायल्स् प्रयोग गर्न सबैलाई अनुरोध गर्दछु,” उनले भने।
विशेषगरी सातवटा संग्रहमा वर्गीकृत ४०० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका डिजाइनलाई प्रदर्शित गर्न चार हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यो सेन्टरले निम्न क्षेत्रका लागि समाधानहरू प्रदान गर्दछ।
सेन्टरमा ०.०८ प्रतिशतभन्दा कम पानी सोस्ने गुणयुक्त पूर्णतया भिट्रिफाइड टायलहरुलाई प्रदर्शनीमा राखिएका छन्। जसले उच्च मजबुती, दीर्घकालीन टिकाउपन, दाग प्रतिरोधी विशेषताका साथ दिगो सौन्दर्यलाई सुनिश्चित गर्ने छन्।
“यो सेन्टर परम्परागत शोरूमभन्दा फरक छ जसलाई डिजाइन प्रेरणाको गन्तव्य र नेपालकै नवप्रवर्तनको अभूतपूर्व प्रमाणको रुपमा लिन सकिन्छ,” लामिनार टायल्स्का अध्यक्ष धितालले भने, “हाम्रो एक्सपिरियन्स सेन्टर लामिनारको विश्वस्तरीय गुणस्तर, दिगो स्थानीय उत्पादन र डिजाइन–मुखी सोचप्रति समर्पणको प्रतीक हो।”
लुम्बिनी सेरामिक्स् लिमिटेडद्वारा उत्पादित लामिनार टायल्स् बर्दियाको गुलरियास्थित अत्याधुनिक १४ विघा क्षेत्रफलमा अवस्थित उत्पादन केन्द्रमा निर्माण हुन्छ। जसको दैनिक उत्पादन क्षमता एक लाख ४० हजार वर्गफिटभन्दा बढी रहेको छ।