काठमाडौं। विश्वविख्यात स्मार्ट वाच ब्रान्ड कोसपेटले नेपाली बजारमा लोकप्रिय टफ सिरिजमा २० प्रतिशत छुट अफर सार्वजनिक गरेको छ। कोसपेट नेपालले उपलब्ध गराइरहेको यो छुट अफर कोसपेट ट्ंयाक एमथ्री अल्ट्रा, ट्यांक टीथ्री अल्ट्रा र ट्यांक टी२ मा लागू हुनेछ।
यी घडी प्रिमियम डिजाइन, मिलेटरी–ग्रेड निर्माण र एडभान्स हेल्थ÷फिटनेस ट्रयाकिङजस्ता विशेषतायुक्त रहेको कम्पनीको दाबी छ। कोसपेट ट्यांक मोडलमा आईपीसिक्स ९के वाटरप्रुफ र डस्टप्रुफ सर्टिफिकेसन, हाइ–रेजोल्युसन डिस्प्ले तथा लामो ब्याट्री ब्याकअप छ।

यी डिभाइस विशेषगरी साहसिक गतिविधिमा संलग्न युवा तथा प्राविधिक जागरुक प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।
प्रमुख विशेषता
मिलिटरी–ग्रेड मजबुती
चरम तापक्रम, झटका र दुर्गम अवस्थाहरूमा काम गर्ने क्षमता
आईपीसिक्स ९के वाटरप्रुफ र डस्टप्रुफ
वर्षा, धुलो, र पसिना– सबैमा सुरक्षित
दिशा सूचक
ट्रेकिङ, यात्रा वा हाइकिङको बेला दिशाको स्पष्ट जानकारी।
उचाइ मापन
समुद्री सतहबाट तपाईंको उचाइको सटीक ट्रयाकिङ
ब्यारोमिटर प्रेसर सेन्सर
मौसम परिवर्तन अनुमान गर्न सहयोगी वायुमण्डलीय दबाब मापन सुविधा
२.० इन्चको अल्ट्रा–क्लियर डिस्प्ले
हाई ब्राइटनेस र सहज टच रेस्पोन्ससहितको ठूलो स्क्रिन
२४/७ हेल्थ मनिटरिङ
हार्ट रेट, ब्लड अक्सिजन, स्लीप ट्रयाकिङ र एसपीओटू सेन्सर
६० दिनसम्मको स्ट्यान्डबाई ब्याट्री लाइफ
लामो ट्रेक वा ट्रिपका लागि भरपर्दो ब्याट्री।
१७०+ स्पोट्र्स मोड्स
धावनादेखि साइकलिङ, हाइकिङसम्म सबै एक्टिभिटी ट्रयाकिङ
कम्पनीका अनुसार यो छुट अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ र स्टक समाप्त भएपछिसम्म वा तोकिएको समयसम्म मात्र मान्य हुनेछ। कम्पनीले अनलाइन तथा सोसल मिडियामार्फत अर्डर सुविधा उपलब्ध गराएको छ।