बिहीबार, जेठ ९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ओलीले भने– प्रतिक्रियावादीको पुच्छर भएकाहरु पार्टीमा फर्किन्छन् भन्ने आशा र विश्वास छैन

ओलीले भने– प्रतिक्रियावादीको पुच्छर भएकाहरु पार्टीमा फर्किन्छन् भन्ने आशा र विश्वास छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीको पुच्छर भएर पछिपछि हिँडेका केही मानिसहरु पार्टीमा फर्किएलान् भन्ने आफूले आशा र विश्वास नगरेको बताएका छन्।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीको पुच्छर भएर पछिपछि हिँडेका केही मानिसहरु पार्टीमा फर्किएलान् भन्ने आफूले आशा र विश्वास नगरेको बताएका छन्।

अखिल नेपाल महिला संघको सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले आन्दोलन कमजोर बनाउनेबाट आशा गर्नु बेकार भएको बताए। 

‘केही यस्ता व्यक्तिहरु छन् जसले अपराध कर्मको नेतृत्व गरिरहेका छन्। तिनीहरुका बारेमा म आशा गरिरहेको छैन, विश्वास गरिरहेको छैन,’उनले भने,‘देशलाई माया गर्ने एमालेका कार्यकर्ताहरुलाई अझै भन्न चाहन्छु– पार्टीमा फर्किनुस्।’

एमाले एक–दुई जनाले मात्रै बनाएको पार्टी नभएको भन्दै उनले केही व्यक्तिले प्रतिक्रियावादीसँग भित्रि साँठगाठ गरेर आफ्नो सरकार ढालेको आरोप  लगाए। 

‘पार्टी विरोधी गतिविधि गरेर सरकार ढाल्न सफल भए, यो पार्टी विरोधी घात हो। यसमा कोही पनि नफस्नुस्। भ्रममा रहेका र बाटो बिराएकाहरुलाई पार्टीको पक्षमा उभिन आग्रह गर्दछु,’उनले भने,‘पार्टीलाई ध्वस्त पार्ने तत्वहरुबाट जोगाउन लाग्नुपर्छ।’ उनले एमाले कुनै गुण्डाको दल नभई परिपक्व राजनीतिक पार्टी भएको बताए।

प्रकाशित: Jul 25, 2021| 08:09 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।