शनिबार, जेठ ११, २०८२

हुप्सेकोट गाउँपालिकाको सेवा बन्द

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ। 
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ। 

गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै शोकमा आज गाउँपालिका बन्द गरिएको हो।

गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शोक वक्तव्य जारी गर्दै विकको सम्मानमा आज गाउँपालिका बन्द हुने बताएका हुन्। वक्तव्यमा भनिएको छ, 'दिवङ्गत विष्णुमायाको सम्मानमा २०७८ साउन १० गते एक दिन गाउँपालिकाको कार्यालय (मातहतका स्वास्थ्य संस्थाबाहेकका कार्यालय), सङ्घसंस्था तथा गाउँपालिकाभित्रको सबै सार्वजनिक निकायमा शोक बिदा दिँदै नियमित सेवा सञ्चालन नहुने व्यहोरा जानकारी गराउँदछौँ।'

मृतक विक वडाको विकास, वडावासीको समृद्धिका साथै समग्र गाउँपालिकाको वृहत्तर हितमा अहोरात्र क्रियाशील, सरल र सहयोगी व्यक्ति भएको भन्दै अध्यक्ष पाण्डेले विकासप्रेमी अभिभावकको निधनले सिङ्गो गाउँपालिकालाई अपुरणीय क्षति पुगेको बताए। 

प्रकाशित: Jul 25, 2021| 01:50 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।