काठमाडौं- सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। शनिबार साँझ छलफल भएको हो।
छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्। यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि सहभागी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
गठबन्धनबाट बाहिरिएको भनेको नेता नेपाल पनि छलफलमा सहभागी हुनुलाई अर्थपूर्ण छ। छलफलमा सरकारमा सहभागी हुने मन्त्रिहरूका विषयमा समेत कुराकानी भएको बताइएको छ। यद्यपि औपचारिक रूपमा भएको निर्णय भने सार्वजनिक गरिएको छैन।
सरकार कामकारबाही प्रभावकारी बनाउने विषयमा सुझाव दिनका लागि यअसघि नै सर्वदलीय कार्यदल बनाइएको छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा बनाइएको कार्यदलमा नेपाल पक्षका नेताहरू भने सहभागी छैनन्।